• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ असार २०८३, बिहीबार
०४ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट
  • १० घण्टा 

अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै
  • १० घण्टा 

टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक
  • १० घण्टा 

पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय
  • १२ घण्टा 

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी
  • १ दिन 

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
  • १ दिन 

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी
  • १ दिन 

मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात
  • १ दिन 

नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

  • २. विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर

  • ३. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • ४. राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

  • ५. संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

  • ६. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

  • ७. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ८. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ९. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

नेपालभरि मौसम किन धुम्म, चिसोबाट बच्न के गर्ने ?

जानकारी केन्द्र २०८०, मंसिर, १५

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसम धुम्म देखिएको छ । दिउँसोको समयमा घाम नलाग्दा सामान्यभन्दा चिसो महसुस गरिएको अनुभव मानिसहरूले सुनाइरहेका छन् ।

भारतको मध्य प्रदेश र राजस्थानमा विकास भएको न्यून चापीय क्षेत्र र पश्चिमी वायुको असरका कारण नेपालका अधिकांश ठाउँमा बदली भएर चिसो बढेको मौसमविद्हरू बताउँछन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याल यो बादलले वर्षा गराइहाल्ने सम्भावना भने नरहेको बताउँछन् ।

“देशैभरि आंशिकदेखि सामान्य बदलीको अवस्था रहे पनि हावामा आर्द्रताको मात्रा पर्याप्त नभएपछि दुई तीन दिनदेखि नै आकाशमा खाली बादल देखिने, अलिकति सूर्यको तेज बढ्यो भने दिउँसोतिर छरिएर घाम लागेजस्तो हुने र बेलुका भएपछि फेरी ढाक्ने अवस्था छ,” अर्याल भन्छन् ।

“तर पानी नै पर्न सक्ने स्थिति चाहिँ छैन । परिहाले पनि फाटफुट वर्षामात्रै हो ।” समुद्र सतहभन्दा तीन हजारदेखि चार हजार मिटरभन्दा माथिका उच्च पहाडी र हिमाली क्षेत्रमा भने सामान्य हिमपात हुने पूर्वानुमान गौचरस्थित मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

केही दिनदेखि नेपाली आकाशमा डुलिरहेको बादल शुक्रवारबाट क्रमशः कम हुँदै गए पनि देशका अधिकांश स्थानको तापक्रम घट्दो क्रममा रहेको मौसमविद्हरू बताउँछन् ।

चिसो कति बढ्ला
महाशाखाका अर्का मौसमविद् गोविन्द झाका अनुसार निरन्तरको बदलीका कारण देशका अधिकांश स्थानमा अधिकतम तापक्रम नघटे पनि न्यूनतम तापक्रम घट्ने देखिएको बताउँछन् ।

“भारतमा विकसित भएको न्यून चापीय प्रभावका कारण हावाको प्रवाह दक्षिण-पश्चिम र पश्चिमी वायुको प्रभावका कारण प्रवाह उत्तर-पूर्वतर्फ भइरहेको छ । त्यस कारण बदली बिस्तारै हटेर तापक्रम धेरै घटिहाल्ने देखिँदैन,” झा भन्छन्।

पछिल्लो केही दिनयता काडमाण्डूको अधिकतम तापक्रम २२◦C को हाराहारी र न्यूनतम तापक्रम ९◦C सम्म झरेको छ । काठमाडौंको न्यूनतम तापक्रम बुधवार १० ◦C र बिहीवार ९◦C थियो ।

बुधवार -४ ◦C सम्म पुगेको जोमसोमको न्यूनतम तापक्रम बिहीवार थप घटेर -५ ◦C सम्म पुगेको थियो । धनगढी, भैरहवा, जनकपुर र विराटनगरको पनि न्यूनतम तापक्रम बुधवारभन्दा बिहीवार केही घटेको महाशाखाको तथ्याङ्कमा देखिन्छ ।

चिसोमा कस्तो सङ्क्रमण हुन सक्छ ?
जाडो मौसममा पानी नपर्दा प्रदूषण उच्च रहने र त्यसले स्वास्थ्य समस्या निम्त्याउनसक्ने फोक्सो तथा क्रिटिकल केअर विशेषज्ञ डा. रक्षा पाण्डे बताउँछिन् । जाडोमा इन्फ्ल्युएन्जा र रुघाखोकी गराउने भाइरस र श्वासप्रश्वास समस्या निम्त्याउने आरएसबी भाइरसहरू सक्रिय हुने उनी बताउँछिन् ।

“यस्ता भाइरसहरू देखिने भएर रुघाखोकी जाडो मौसममा बढ्ने हुन्छ । दम जस्ता दीर्घरोग, एलर्जी वा नाक सम्बन्धी समस्या नभएका मानिसहरूलाई पनि रुघाखोकीहरू लाग्ने वा ज्वरो आउने धेरैजसो भाइरल सङ्क्रमणले हुन्छ,” पाण्डे भन्छिन् ।

“त्यही कुरा दीर्घरोगीलाई हुँदा उहाँहरूलाई भइरहेको रोग बढ्न सक्छ ।” जाडो मौसममा बहने हावा सुक्खा हुने भएकाले हाम्रो श्वास नलीमा पनि चिटचिडाहट निम्त्याउने चिकित्सकहरू बताउँछन् । जसकारण खोकी जस्ता समस्या देखा पर्छन् ।

चिसोमा हुने सङ्क्रमणबाट बच्ने उपाय के छन् ?
चिसो मौसममा हुने स्वास्थ्य समस्याबाट बच्नका लागि शरीरलाई न्यानो राख्नुपर्ने पाण्डे बताउँछिन् । “न्यानोमा बस्ने, झोल कुराहरू बढी खाने, आराम गर्ने गर्नुपर्छ। दमको रोगीहरूले चाहिँ यस्तो बेला इनहेलरहरू अलिकति बढाउनुपर्ने हुन्छ,” उनले भनिन् ।

कतिपय मानिसहरू चिसो मौसममा फलफूल खान डराउने गरेको भए पनि फलफूलले कुनै खराबी नगर्ने पाण्डे बताउँछिन् । “फलफूलहरू खान डराउनु पर्दैन । फलफूल, दूध, केरा जे खाए पनि हुन्छ । दमका रोगीहरूले पनि दमकै लागि चाहिँ खाना बार्नु पर्दैन,” उनले थपिन् ।

जाडो महिनामा साधारणतया देखा पर्ने रुघा, खोकी र ज्वरोको समस्या साधारणतया केही दिनमा आफैँ ठीक भएर जाने किसिमका हुने चिकित्सकहरू बताउँछन् । तीन-चार दिनसम्म पनि ज्वरो कम नभए चिकित्सकको परामर्श लिएर थप औषधी वा उपचार गर्नुपर्ने फोक्सो तथा क्रिटिकल केअर विशेषज्ञ पाण्डे बताउँछिन् ।

तर कतिपयलाई तीन-चार दिनभित्रै ज्वरो र रुघा निको भए पनि खोकी भने केही सातासम्म पनि रहन सक्ने उनी बताउँछिन् । “दुई हप्तासम्म पनि खोकी बसिरह्यो वा त्यसअघि नै पनि राम्रो हुनुको सट्टा झन् झन् खराब हुँदै गयो भने एकपटक डाक्टरलाई देखाउनुपर्छ,” पाण्डेको सुझाव छ ।

कतिपय मानिसहरूले भाइरल इन्फेक्सनमा पनि चिकित्सकको सल्लाह नलिइ एन्टिबायोटिक औषधी लिने गरेको भन्दै पाण्डे त्यसो नगर्न सल्लाह दिन्छिन् । “एन्टिबायोटिक नचाहिने बेला लियो भने फाइदा भन्दा पनि बेफाइदा हुन सक्छ । जुन तरिकाले औषधी पसलहरूबाट यत्तिकै लिएर एन्टिबायोटिक खाने चलन छ त्यो चाहिँ राम्रो होइन,” उनी भन्छिन् ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट
अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै
टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

ताजा

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट

अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.