चन्द्रपुर १ मा बुद्ध बिहारमा २ करोडको बुद्ध मुर्ति स्थापना
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मा रहेको गोल्मा राजा बौद्ध बिहारमा २ करोडको लागतमा बनेको बुद्ध भगवानको मुर्ति स्थापना गरिएको छ ।
शनिबार नेपाली सेना तथा स्थानीय बासिन्दाको सहयोगमा थाई सरकारको सहयोगमा बनेको बुद्ध मुर्ति बोकेर लगि स्थापना गरिएको हो ।
साडे ९ फिट उचाईको बुद्ध भगवानको मुर्ति भब्य कार्यक्रमका साथ स्थापना गरिएको हो । बौद्ध भिच्छु भान्ते मेधंकर स्तविरका अनुसार सो स्थान करिव ३ सय वर्ष पहिला सेनबंशका राजाको दरबार रहेको स्थानमा गोल्मा राजा बौद्ध बिहारको स्थापना गरिएको हो ।
सो स्थानलाई धार्मिक पर्यटकिय स्थाल बनाउनुका साथै ध्यान केन्द्रका रुपमा विकास गर्दै लाने तयारी स्वरुप आज थाइल्यान्ड सरकारको सहयोगमा आएको बुद्ध भगवानको मुर्ति स्थापना गरिएको चन्द्रपुर १ का पुर्व वडा अध्यक्ष बिरु रखालले जानकारी दिए ।
सो स्थानमा रहेको गोल्मा राजाको दरबारको भग्नावशेषलाई पुन निर्माण गरेर सो स्थानलाई पर्यटकिय गन्तव्य बनाउने तर्फ स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिनुपर्ने स्थानीय बासिन्दा गोपाल घिमिरेको भनाइ रहेको छ ।
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


