कोशी र मधेशमा हल्का वर्षाको सम्भावना
जानकारी केन्द्र
२०८०, मंसिर, २०
काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको साथै आन्ध्र प्रदेश आसपास रहेको ‘मिचोङ’ सामुन्द्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ।
उक्त प्रभावका कारण कोशी र मधेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो पनि कोशी, मधेश र बागमतीमा आंशिकदेखी सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ । यस्तै राति कोशी, मधेश ,बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र मधेशको एक–दुई स्थानमा हल्का वर्षा हुनेछ । साथै, कोशीको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
यस्तो छ आजको मौसम पुर्वानुमान
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
