• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • ११ घण्टा 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • १२ घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • १४ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • १७ घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १८ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • १८ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

पितृका नाममा शतबीज छरिँदै,पौराणिक मान्यता यस्तो रहेको छ 

जानकारी केन्द्र २०८०, मंसिर, २५

काठमाडौं । आज देशभरका शिवालयमा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइँदै छ। हिन्दु पात्रोअनुसार हरेक वर्ष मार्गशीर्ष (मंसिर) कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने धार्मिक मान्यता छ। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ।

यस दिन विशेषगरी दिवंगत पितृहरूको उद्धारको उद्देश्यले उनीहरूको सम्झना गर्दै पशुपतिलगायत विभिन्न शिवालयमा शतबीज छरिन्छ। मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुका आइतबार दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

‘शतम्’को अर्थ सय र ‘बीज’को अर्थ बिउ हुन्छ। तथापि शतबीजमा सय नभएर सात प्रकारका खाद्यान्न धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई लिइने गरेको पाइन्छ। साथै शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फल तथा विभिन्न किसिमका फूलहरू पनि मिसाउने र छर्ने गरिन्छ। तसर्थ यस दिन काठमाडौंस्थित पशुपति मन्दिरपरिसरमा भक्तजनको भीड लाग्ने गरेको छ। आफ्नो वंशमा दिवंगत पितृलाई शान्ति दिलाउन पशुपति, १०८ शिवलिंग, गुह्येश्वरी, कैलाश, गौरीघाट, आर्यघाट, सूर्यघाट, मृगस्थली, विश्वरूप तथा किरातेश्वर मन्दिरमा शतबीज छर्ने गरिएको छ।

यस्तो छ पौराणिक मान्यता
भगवान् शिव मृगरूप लिई जहाँजहाँ घुमेका थिए, तीती पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक गेडा मात्र बीज छर्दा पनि त्यतिबराबर नै सुन दान गरेबराबरको पुण्य मिल्ने र आफ्ना समस्त पितृले मुक्ति पाउने स्कन्द पुराणमा उल्लेख छ। बाग्मतीकिनारमा रहेको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरी विहार गरेको थाहा पाई त्यही शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिनेको पौराणिक कथा रहेको छ।

यसैगरी पशुपति आर्यघाटमा बस्ने ‘बालानन्द’ नामक मानिस खाजा खान लाग्दा दाहसंस्कार गरिरहेको मुर्दाको टाउको फुटेर उछिट्टिएको गिदी उनको चिउरामा परेको र सो गिदीसँगै चिउरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान थाले। साथै उनको लामालामा दाह्री, जुँगा र कपाल देखेर मानिसले उनलाई बालासुर राक्षस भन्न थाले र उनीबाट डराउन थाले। त्यसै समयमा उनलाई चिनेका एकजना बूढाको सल्लाहअनुसार स्थानीयले बालासुरको मीत वृषसिंहलाई उकासेर मार्न लगाएको किंवदन्ती पनि छ।

मीतको हत्यापछि डराएर छटपटाएका वृषसिंहलाई सपनामा भगवान् शिवजीले दर्शन दिई यसै दिन सतबीज छर्न आज्ञा दिएकाले श्लेष्मान्तक वनवरिपरि शतबीज छर्दा बालासुर वैतरणी नदी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि शतबीज छर्नुपर्ने स्कन्द पुराणमा उल्लेख रहेको छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

ताजा

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.