• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १३ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • १४ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • १७ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • १९ घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • २० घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • २० घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • २. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ३. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ४. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ५. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

  • ६. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • ७. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

  • ८. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • ९. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • १०. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

डोलेश्वर र ज्योर्तिलिङेश्वरमा महादीप बाल्ने र शतबिज छर्नेको भीड

जानकारी केन्द्र २०८०, मंसिर, २५

भक्तपुर । बालाचतुर्दशीका दिन आज बिहानै भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि ज्योर्तिलिङगेश्वर महादेव मन्दिरसम्म शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्र्गकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरी जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएकाले भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले नजिकका शिवालयमै बालाचर्तुदशी पर्व मनाउन थालेका हुन् ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा एक हजारभन्दा बढी भक्तजनले हिजो साँझदेखि रातभरी जाग्राम बसेर आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप, तथा महादीप बालेर आज बिहानै शतबीज छरेका छन् । सूर्यविनायक नगरपालिका–८ सिपोडोल निवासी बागमती प्रदेशसभा सदस्य किरण थापाले विगत पाँचवर्षदेखि यहाँका बासिन्दाले डोलेश्वर महादेव मन्दिरमै महादीप बालेर जाग्राम बस्ने र शतबीज छर्ने गरेको बताउनुभयो ।

केहीवर्ष अगाडिसम्म पशुपति जाने गरेका यहाँका बासिन्दाले डालेश्वर मन्दिरमा चौघेरा सत्तल र १०८ शिवलिङ्ग स्थापना भएपछि डोलेश्वर महादेव मन्दिरको मूल दीपबाट दीप प्रज्वलन गरी दीप, महादीप बालेर रातभरी जाग्राम बस्ने र बिहानै स्नान गरी यहीँको १०८ शिवलिङ्ग र महादेव मन्दिर परिसरमा शतबीज छरेर बालाचर्तुदशी पर्व मनाउने गरेकाले मन्दिर व्यवस्थापन समितिले सहजीकरण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

मन्दिर व्यवस्थापन समितिका पूर्व पदाधिकारी थापाले भन्नुभयो, “यहाँका बासिन्दाले डोलेश्वर महादेव मन्दिरमै आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप महादीप बालेर आज बिहान शतबीज छर्दै बालाचर्तुदशी मनाएका छन्, रातभरि जाग्राम बस्नेलाई मन्दिरको चौघेरा सत्तलमा व्यवस्थापन गरेका छौँ, सुरक्षाको व्यवस्था गरेका छौँ, यहाँका बासिन्दालाई अहिले पशुपतिको घुइँचोमा जानुपर्दैन, आफ्नै गाउँमा सजिलैसँग पर्व मनाउन थालेका छन् ।”

त्यसैगरी सूर्यविनायककै सिपाडोलस्थित आशापुरी महादेव मन्दिर, वडा नं ७ गुण्डुको अनन्तलिङ्ेश्वर महादेव मन्दिर, वडा नं १ सिरुटारको चरखण्डीश्वर महादेव मन्दिर, सोमलिङेश्वर महादेव मन्दिर र गुप्तेश्वर महादेव मन्दिरमा त्यहाँका बासिन्दाले रातभरी जाग्राम बसेर दीप तथा महाद्धीप बालेर आज बिहान शतबीज छर्दै बालाचतुदर्शी पर्व मनाएका छन् । मन्दिरसँगैको नदीमा दीप विसर्जन गर्ने र शतबीज छर्ने व्यबस्था भएपछि सहज भएको हो ।

मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारस्थित सङ्गमेश्वर महादेव मन्दिरमा पनि महादिप बालेर रातभचर जाग्राम बसेका छन् । त्यस्तै चाँगुनारायण नगरपालिकास्थित ज्योर्तिलिङगेश्वर महादेव मन्दिरमा पनि यहाँका बासिन्दाले दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरी जाग्राम बसेर आज बिहान शतबीज गरेका छन् । विगतमा पशुपतिमा जार्दै आएका यहाँका बासिन्दाले मन्दिरमै १०८ शिवलिङ्गसमेत बनाएपछि बालाचतुर्दशी यहीँ मनाउन थालिएकोे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका पूर्व प्रमुख नवराज गेलालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चाँगुनारायणका धेरैजसो बासिन्दाले अहिले बालाचर्तुदशी यहीँ ज्योर्तिलिङेश्वर महादेव मन्दिरमै मनाउने गरेका छन्, पाँचसय जनालाई पुग्ने गरी समितिले त्रिपाल हालिदिने, पानीलगायत आवश्यक सबै कुराको व्यवस्थापन गरिदिएको छ, मन्दिरमै १०८ शिवलिङ् बनाएपछि शतबीज छर्न पनि सहज भएको छ, अहिले पशुपतिको घुइँचोमा जानुपर्दैन ।”

चाँगुनारायण–५स्थित मच्छेनारायण मन्दिर परिसरमा पनि बालाचर्तुदशी मेला भर्नेको भीड लागेको छ । यस मन्दिरमा रातभर जाग्राम बसेर शिवलिङ्मा पूजा गरि आज बिहान स्थानीयवासीले शत्बीज छर्ने कार्य सम्पन्न गरेको बताउँदै मन्दिरका संरक्षक गोकर्ण पुरीले पशुपतिमा भीड भएर ठाउँ नै नपाउने भएपछि यहीँ रातभर जाग्राम बस्ने, महाद्धीप बाल्ने र आज बिहान शतबीज छर्ने गरिएको बताउनुभयो ।

यता चाँगुनारायण–८ सँुडालमा रहेको ठूली ब्रम्हायणी मन्दिर परिसरको शिरानमा निर्मित पशुपतिनाथको मन्दिर र चौसठ्ठी शिवलिङ्गमा आज बाला चतुर्दशीको दिन बिहानै मेला लागेको उहाँले बताउनुभयो ।

हरेक वर्ष त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादिप बालेर रातभर जाग्राम बस्दै आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै चर्तुदशीको दिन बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने, होमहोमादी गर्ने प्रचलन रहदैं आएको छ ।त्यसो त भक्तपुरका चारवटा नगरपालिकाका विभिन्न क्षेत्रबाट आफ्ना दिवङ्गत पितृको आत्माको चिरशान्तिको कामना गर्दै पशुपति मन्दिर परिसरमै गएर दीप बाल्ने, रातभर जाग्राम बस्ने र शतबीज छर्ने पनि छन् । पशुपतिको भीडमा जान नचाहनेले भने आ–आफ्ना नगरपालिकाभित्रका शिवालयमा दीप बालेर शतबीज छर्ने गर्न थालेका हुन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

ताजा

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.