इतिहासको भयानक महामारी, जसले मानिसहरु नाचेरै मरे
एजेन्सी । सन् १५१८ को जुलाईमा फ्रान्सको स्ट्रसबर्ग सहरमा अचानक एक जना महिलाले नाच्न सुरु गरिन् । उनी कैयन् दिनसम्म नाचिरहिन् । ती महिला नाच्न सुरु गरेको एक हप्तामै अरु झण्डै १ सय जना मानिस त्यसैगरी नाच्न थाले ।
अधिकारीहरु अचम्ममा परे । ती नाच्ने मानिसहरुको उपचार नचाएरै गर्न सकिन्छ भन्ने सोँचेर ती नाच्ने मानिसहरुको उपचार गर्नका लागि एउटा हलमा छुट्टै राखियो । नाच जारी राख्नका लागि त्यहाँ मुखले बजाउने बाजा तथा ड्रम बादकहरुको पनि व्यवस्था गरियो ।
पेशेवर नर्तकहरुको पनि व्यवस्था गरियो । तर केही दिनमै नाच्ने मध्येका केही मानिसहरु मर्न थाले । त्यो वर्षको अन्त्यसम्ममा ४ सय जना मानिसहरु यसैगरी नाच्ने रोगबाट पीडित भएका थिए । उनीहरुलाई ट्रकमा कोचेर अस्प्ताल लैजानु परेको थियो ।
सेप्टेम्बरको सुरुमा भने यो रोग निको हुन थालेको थियो । सन् १५१८ भन्दा पहिले पनि झण्डै १० पटक यो नाच्ने रोगको महामारी फैलिएको थियो । १६७४ मा बेल्जियममा पनि यो रोग फैलिएको इतिहासमा उल्लेख छ ।
आखिर के थियो त्यो रोग ? कतिपयले त्यसलाई कलेक्टिभ हिस्टेरिया भनेका छन् । गरीबहरु भोक, बिमारी तथा आध्यात्मिक निरासाका कारण मानसिक रुपमा विचलित भएर त्यसरी नाच्ने गरी पागल बनेका बताइन्छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
