• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • १० घण्टा 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • ११ घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • १३ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • १६ घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १७ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • १७ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २० घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

रामजानकी विवाहको मङ्गल धुनले गुञ्जँदो मिथिला

जानकारी केन्द्र २०८०, मंसिर, ३०

महोत्तरी । मिथिला धार्मिक, सांस्कृतिक चाडपर्व धेरै मनाइने ठाउँमा पर्छ । मिथिलाको नाता सीताको नामसँग जोडिएकाले पनि प्रत्येक पर्व यहाँ विशेषरुपमा मनाइन्छ । सोही क्रममा यतिबेला मिथिला रामजानकी विवाह महोत्सवमा झमेको छ । सांस्कृतिक तथा पारम्परिक पर्वले सिङ्गो मिथिला मङ्गलधुनबीच गाइने विवाह विधिका गीतले गुञ्जायमान बनेको छ ।

मिथिला क्षेत्रमा जता पुग्यो श्रीराम र जानकीको महिमा गाइएका गीत गुञ्जिएका छन् । मङ्लधुन बजिरहेका छन् । लाग्छ, घरघरमै छोरी विवाहको तयारी हुँदैछ । त्रेतायुगमा अवध (अयोध्या) का राजकुमार श्रीराम गुरु विश्वामित्र र भाइ लक्ष्मणका साथ जनकपुर आएर विदेह (मिथिला) राज शिरध्वज जनककी पुत्री सीता (मिथिला, वैदेही, जानकी) सँग विवाह भएको सम्झना अहिले जनकपुर (मिथिला) क्षेत्रले गराइरहेको छ ।

महोत्तरीसहितका मिथिला क्षेत्रका मठमन्दिर रङरोगनले सजाइएका छन् । केही दिनअघि नै सुरु हुने विवाहका पारम्परिक मैथिल विधि एकपछि अर्को आयोजन हुँदैछन् । साताव्यापी यो विवाह महोत्सवको केन्द्रमा जनकपुरधाम छ । सप्ताहव्यापी महोत्सवको पाँचौँ दिन आज ‘मटकोर’ विधि सम्पन्न गरिँदैछ । यस विधिअन्तर्गत आज जानकी मन्दिर परिसरमा विवाह सम्पन्न गरिने वेदी तयार गरिएको छ । विवाहको पूर्वाङ्ग विधि (इष्टदेवता पूजन, पितृस्मरण, ग्रहशान्तिलगायतका विधि) मटकोरकै दिन सम्पन्न गरिने मैथिल परम्परा छ ।

मिथिलामा बर्सेनि साताव्यापी रामजानकी विवाह महोत्सव विभिन्न विधि पूरा गरी मनाइने गरिएको छ । यस क्रममा अघि त्रेतायुगमा श्रीराम जनकपुर आइ भएर सीतासँग विवाह भएर जन्ती बिदाइ गरिएको दिनसम्मका एक सातामा सम्पन्न भएका विधि महोत्सवमा आयोजना हुँदै आएका छन् । सोहीस् तालिकाअनुसार आज पाँचौँ दिन ‘मटकोर’ विधि आयोजन गरिएको हो ।

यस महोत्सवमा श्रीराम जनकपुर आइपुग्नु भएर राजा जनकको दर्शन गर्नुभएको दिनलाई ‘जनकपुर नगर दर्शन’ भोलिपल्ट डुल्दै बाटिका पुग्दा अचानक वैदेही र श्रीराम देखादेख हुनुभएको दिनलाई ‘पूmलबारी लीला’ मनाइएको छ । त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन सीता वरणका लागि राजा जनकले राखेका शिवधनुष ताँदो चढाउने सर्तका लागि इच्छित वर सहभागी भएका दिनलाई ‘धनुष यज्ञ’ भनिने गरिएको छ । यी विधि क्रमशः गत मङ्गलबार, बुधबार र बिहीबार सम्पन्न भइसकेका छन् ।

त्यसैगरी चौथो दिनको ‘तिलकोत्सव’ पनि हिजो शुक्रबार नै सम्पन्न भएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरमा त्रेतायुगमा श्रीरामले शिवधनुष ताँदो चढाउने क्रममा भाँचिएको पौराणिक मान्यताको प्रतिकात्मक मञ्चन गरिन्छ । धनुषभङ्ग भएसँगै श्रीरामसँग सीताको विवाहको टुङ्गो लागेको कथा सम्झँदै आज पाँचौँ दिन विवाहको पूर्वाङ्ग विधि ‘मटकोर’ आयोजन गरिएको जनकपुरस्थित श्री जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउनुहुन्छ ।

महोत्सवको चौथो दिन कन्यापक्षका अभिभावकबाट वरवरणको परम्परा छ । यसलाई ‘तिलकोत्सव’ भनिन्छ । महोत्सवमा यो विधि श्री जानकी मन्दिरका महन्थले राजा जनकको भूमिकामा सम्पन्न गर्ने परम्परा छ । यसअनुसार जानकी मन्दिरका महन्थ वस्त्रआभूषण र मिष्ठान्न परिकारका डाला (सोली) लिएर नजिकैको श्री राम मन्दिर जाने चलन छ । महोत्सवमा श्रीरामका पिता दशरथको भूमिका श्री राम मन्दिरका महन्थले निभाउने परम्परा छ । यो विधि हिजो शुक्रबार सम्पन्न गरिएको छ ।

यसैगरी महोत्सवको छैटौँ दिन सीताराम स्वयम्वर र राति वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छन् । यसलाई ‘सीता स्वयम्वर तथा विवाह’ भन्ने गरिएको छ । यो मुख्य समारोह भोलि आइतबार मङ्सिर शुक्ल पञ्चमीका दिन सम्पन्न गरिनेछ । अघि त्रेता युगमा यसैदिन राम सीताको विवाह भएको विश्वास गरिन्छ । महोत्सवको अन्तिम दिन विवाह सम्पन्न गरिएको भोलिपल्ट जन्तीलाई भोजन गराइ दक्षिणा दिएर बिदा गरिन्छ । यो विधिलाई ‘रामकलेवा’ भनिन्छ । यसरी भोलि आइतबार विवाह र आउने सोमबार ‘रामकलेवा’ गरिएसँगै यसपालिको श्रीराम जानकी विवाह महोत्सव सम्पन्न हुने श्री जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउनुहुन्छ ।

जनकपुरमा धनुषयज्ञ र विवाहविधि जानकी मन्दिर परिसरमै सम्पन्न भएपनि स्वयम्वर भने विशाल मैदान रङ्गभूमिमा आयोजन गरिने परम्परा छ । अहिले क्रमशः महोत्सवका दैनिक कार्यक्रम सम्पन्न हुँदै छन् । विवाहका लागि आवश्यक सरसामानको चाँजो मिलाउने र सोको तयारीमा दिनरात साधुसन्त लागिरहेका महन्थ वैष्णवले जानकारी दिनुभयो । मिथिलामा छोरी विवाहको वैदिक मैथिल परम्पराअनुसार सम्पन्न हुने राम जानकी विवाह महोत्सव यहाँ (मिथिला) को मुख्य सांस्कृतिक तथा धार्मिक चाड रहँदै आएको श्री राम मन्दिरका महन्थ श्रीराम गिरी बताउनुहुन्छ ।

सप्ताहव्यापीरुपमा सम्पन्न हुने यस महोत्सवका प्रत्येक विधिमा मिथिलानी (मिथिलाका नारी)ले गीत गाउँछन् । श्रीराम जनकपुर पुग्नुहुँदा उहाँको स्वागतमा र भोलिपल्ट बाटिका (फूलबारी)मा सीताजी र श्रीरामको आमनेसामने भेट भएको प्रसङ्ग जोडिएका गीतका भावले जोसुकैलाई श्रीसीतारामप्रति श्रद्धा जगाउँछन् । महोत्सवका विधिमा मैथिल परम्पराका सम्धी जिस्क्याउने, सम्धीमिलन गराउने विधिका हासपरिहासले रमाइलो थप्ने गरेको वर्षांैदेखि विवाह महोत्सवमा सरिक हुँदै आएका महोत्तरीको भङ्गाहा–९ कञ्चनवनका ८५ वर्षीय जितन यादव बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.