श्रीमानको उद्दारको माग गर्दै श्रीमतीले गरिन् आत्मदाहको प्रयास
झापा । खाडी मुलुक दुबईमा अलपत्र परेका श्रीमान् अकबर अन्सारीको सकुशल उद्दारका लागि श्रीमती अफ्रुज खातुनले पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । भद्रपुर ८ फूलबारी टोल निवासी खातुनले बिहिबार भद्रपुर नगरपालिका पुगेर आत्मदाहको प्रयास गरेकी हुन् ।
दुई महिनादेखि दुबईमा बन्दीसरह बसिरहेका श्रीमान् अन्सारीको सकुशल उद्दारका लागि खातुनले बिहिबार बिहान १० बजेतिर नगर प्रमुख गणेश पोखरेललाई भेट्न उनकै कार्यकक्ष पुगेकी थिइन्।
खातुनले नगर प्रमुख पोखरेलसँग कुराकानी गर्दा गर्दै एक्कासी सलभित्र लुकाएर ल्याएको पेट्रोलको बोतल खोलेर शरीरमा छर्किइन् । त्यसपछि सलाई कोर्नै लाग्दा त्यहाँ उपस्थित कर्मचारीहरूले उनलाई बचाए । कुनै अप्रिय घटना भने भएन ।
भद्रपुरमा आफ्नै फर्निचर पसल सञ्चालन गरी बसेका ३९ वर्षीय अन्सारी आर्थिक समस्याका कारण काठमाडौं धुम्वाराहीस्थित सागर रिक्रुटमेन्ट प्राली म्यानपावरबाट गत असोज २८ गते दुबई गएका थिए। सागर म्यानपावरले फ्री भिसा, फ्री टिकटको नाममा अन्सारीसँग १ लाख ७५ हजार रुपैयाँ लिएका थिए।
म्यानपावरले उनलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङमा फिनिसिङ कारपेन्टर (फर्निचरको काम) ११२० दिराम (करिब ४० हजार नेपाली रुपैयाँ) मासिक तलब दिने सर्त राखेर पठाएको थियो । तर, दुबई जेबेलअली पुगेपछि उनको काम फरक पर्यो।
फिनिसिङ कारपेन्टर पठाएका उनीहरूलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले त्यहाँ बेल्चा हान्न लगायो । लेबरको काम गर्दा उनी ९ दिनमै बिरामी परे । त्यसपछि उनकी श्रीमती उद्दारका लागि सबै समक्ष हारगुहार गर्न थालिन् । म्यानपावरले अन्सारीको उद्दारका लागि प्लेन भाडा माग्न थालेपछि उनका परिवार झन् समस्या परेको थियो ।
सम्बन्धित समाचार
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

