किन मान्छेले अरुको डाहा गर्छन् ?
काठमाडौं । हामीलाई अरुको असफलता, गरिबी, अभावले दुःखी बनाउँछ । तर, त्यो भन्दा बढी दुःखी बनाउँछ, अरुको उन्नती, प्रगति, सफलताले । इष्या वा डाहा गर्नु एक मानविय स्वभाव एवम् प्रवृत्ति हो । हरेक मान्छेभित्र यो स्वभाव हुन्छ । यो प्राकृतिक कुरा हो ।
इष्या वा डाहाले मान्छेलाई दुई किसिमको नतिजा दिन्छ । एक सकारात्मक, अर्को नकारात्मक । इष्या आफैमा प्रगति एवम् उन्नतीको माध्यम बन्न सक्छ । अरुको सफलता, अरुको उन्तती देखेर आफूले पनि त्यस्तै गर्ने चाह जाग्छ । यसले मान्छेलाई निस्त्रिय रहन दिदैन । उनीहरु पनि केही गर्न खोज्छन्, अरुकै देखासेखीमा भएपनि । यस किसिमको इष्याभावले मान्छेलाई अगाडि बढ्न उक्साउँछ ।
अर्को किसिमको इष्या हुन्छ, जसले आफुलाई जलाउँछ । अरुको सफलता, अरुको खुसी, अरुको उन्नती देखेर हामी आफैभित्र खुम्चन्छौं । आफैभित्र जल्छौं । हाम्रो मन पोल्छ । यस किसिमको इष्याले अरुलाई होइन, हामी आफैलाई नष्ट गर्छ ।
इष्या, जो एक जन्मजान मानविय प्रवृत्ति हो । तर, यसलाई कसरी ग्रहण गर्ने भन्ने कुराले ठुलो फरक पर्छ । त्यही इष्याभाव, जसले हामीलाई अरुको जस्तै उन्नती गर्न उक्साउँछ । त्यही इष्याभाव, जसले हामीलाई भित्रभित्रै जलाउँछ ।
दोस्रो किसिमको इष्याभाव भयानक हुन्छ । र, अक्सर मान्छेले आफूभित्र यस्तै विकार पालेका हुन्छन् । यसलाई हामी इष्याभन्दा पनि डाहा भनेर बुझ्छौं । डाहा गर्नु भनेको अरुको उन्नती, सफलतामा रिस गर्नु हो ।
हामीभित्र जति सकारात्मक गुण एवम् प्रवृत्ति हुन्छ, उत्तिनै नकारात्मक पनि । कोही मान्छे यस्ता हुँदैनन्, जो सकारात्मक गुणले मात्र भरिपूर्ण होस् । मान्छेमा इष्या हुन्छ, डाहा हुन्छ, डर हुन्छ, रिस हुन्छ, आवेग हुन्छ, लोभ हुन्छ, घृणा हुन्छ । यी सबै कुरा त्यसबेला विकार बन्छ, जब हामी यसलाई बढी मलजल गर्छौं।
यदि मनभित्रका यी विकारलाई नियन्त्रण एवम् व्यवस्थापन गर्ने हो भने, त्यसले हामीलाई नकारात्मक होइन, सकारात्मक नतिजा दिन्छ । जसरी कुनै फोहोरमैलालाई मलखाँदमा रुपान्तरण गर्न सकिन्छ, नविकरणिय उर्जामा रुपान्तरण गर्न सकिन्छ ।
त्यसैले मनभित्रको विकारलाई हामीले पूर्णत निषेध गर्ने भन्दा पनि व्यवस्थापन गर्ने हो । तर, यस्ता विकार जति हामीभित्र जम्दै जान्छ, हामीले यी विकारलाई जति मलजल गर्दै जान्छौं, उत्तिनै हामी दुषित हुँदै जान्छौं । हामी भित्रभित्रै प्रदुषित हुँदै जान्छौ । र, त्यो हाम्रो व्यवहारमा प्रकट हुन थाल्छ । हामी रुखो हुन्छौं, उदण्ड हुन्छौं, अराजक हुन्छौं । यसले अन्ततः अरुलाई होइन, आफैलाई नष्ट गर्ने हो ।
कतिपय मान्छे हुन्छन्, जो अरुलाई होच्याएर बोल्छन् । अरुको जिउडाल, अवस्था, रुपरंग, पहिरन शैली, आर्थिक स्थिती, पारिवारिक स्थिती आदिलाई विषय बनाएर होच्याउँछन् । यसरी उसले होच्याएर कोही होचो वा कमसल हुने होइन ।
बरु, यसबाट के बुझिन्छ भने, उनीभित्र भयाकंर मानसिक विकार जमेको छ । ति व्यक्ति भित्रभित्रै जलेका छन् । कुष्ठाले कक्रिएका छन् । रिसले मुर्मुरिएका छन् । त्यही कारण उनी अरुलाई होच्याउँछन् । यसरी अरुलाई होच्याएर उसले आफ्नै मनलाई सान्तवना दिएका हुन् ।
त्यसैले अरुले रिस, इष्या एवम् डाहा गर्छ भने त्यस प्रति हामीले चासो लिइरहनु आवश्यक छैन । त्यसमा प्रतिक्रिया जनाइरहनु पनि आवश्यक छैन । आफू सही, सचेत र सकारात्मक हुनुपर्छ, कसैले केही गर्नै सक्दैन ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
