‘धोती दिवस’ मनाउन गएकी सामान्य प्रशासनमन्त्री अनिता देवी पक्राउ
जानकारी केन्द्र
२०८०, पुष, १६
काठमाडौं । राष्ट्रिय धोती दिवस मनाउन भन्दै माइतीघर भेला भएकी सामान्य प्रसाशनमन्त्री अनिता देवी साह पक्राउ परेकी छन् । अंग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ को अवसर पारेर धोती दिवसको र्याली निकाल्दा प्रहरीले हस्तक्षेप गर्दै उनलाई पक्राउ गरेको हो ।
सरकारले निषेधित क्षेत्र तोकेको माइतीघर मण्डलामा सोमबार बिहान जनमत पार्टीले प्रदर्शन गरेपछि मन्त्री साहसहित ६३ जनालाई प्रहरीले प्रक्राउ गरेको हो। मन्त्री साह आज बिहान बसेको मन्त्रिपरिषद् बैठक लगत्तै प्रदर्शनमा गएकी थिइन्।
प्रहरीले सो पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, उपाध्यक्ष अब्दुल खान, सचिव वीपी साह, नेता दीपक साहसहित ६३ जनालाई पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा राखेको छ।
सम्बन्धित समाचार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

