पर्सामा २४ लाख बराबरको भन्सार छलीका सामान बरामद
वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले एकै दिन २४ लाख रुपैयाँ बराबरको भन्सार छलीका विभिन्न सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नं. १३ गणले कुर्ता सुरुवाल, थानको कपडा, काँस जस्तो देखिने धातु र प्याज बरामद गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यका अनुसार वीरगन्ज महानगरपालिका २ भकुवामा सशस्त्रको गाडी मोबाइल टोलीले भारतबाट चार जनाले टाउकोमा बोकेर ल्याइरहेको ५ लाख ३२ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको थियो ।
सोही टोलीले वीरगन्ज १ छठघाट नजिकै ६९ हजार को कपडा बरामद गरेको थियो । यसैगरी सशस्त्र प्रहरीको गस्ती टोलीले पर्साको विन्दवासिनी गाउँपालिका ३ झौवाबाट करिब ७० हजार मूल्य बराबरको काँस जस्तो देखिने धातु बरामद गरेको थियो ।
सशस्त्र प्रहरीले चोरी तस्करी गरि १७ लाख मूल्य बराबरको प्याज सहित प्रदेश २–०३ च ५४८९ नम्बरको पिक अप गाडी समेत नियन्त्रणमा लिएको छ । आवश्यक कारवाहीका लागि भन्सार छलीका सामान वीरगन्ज भन्सार कार्यालय पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला
पृथ्वीमा ‘अमासिया’ नामक नयाँ महामहाद्वीपको जन्म हुदाँ प्रशान्त महासागर हराउने
नेपाल आइपुग्यो लिपमोटर बी०३एक्स, छिट्टै औपचारिक लन्च हुँदै
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ मा रु.४ अर्बभन्दा बढी खुद नाफा
३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशोर बने प्राध्यापक
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

