अमेरिकाबाट आएको पार्सलमा लागुऔषध,३ जना पक्राउ
वीरगञ्ज । बारा प्रहरीले अमेरिकाबाट आएको पार्सलबाट लागुऔषध बरामद गरेको छ । प्रहरीले हुलाकमार्फत अमेरिकाबाट आएको पार्सलबाट गाँजासहितको लागुऔषध बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय, बारा र लागुऔषध ब्युरो, वीरगञ्ज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले बारा कलैया उपमहानगरपालिका १ मोतिबागमा रहेको जिल्ला हुलाक कार्यालय, कलैया नजिक विदेशबाट आएको कार्टुनबाट लागुऔषध बरामद भएको हो ।
पपकर्न म्किस ट्रिओ लेखिएको रातो रंगको टिनको डब्बाभित्र गाँजा तीन प्याकेट, ओल्ड फेसन ओट्स लेखिएको डब्बाभित्र गाँजा १ प्याकेट, क्विस्क ओट्स लेखिएको डब्बाभित्र गाँजा १ प्याकेट गरी जम्मा लागुऔषध गाँजा १ किलो १४६ ग्राम बरामद भएको हो ।
लागुऔषध बरामद भएपछि प्रहरीले पर्सा वीरगञ्ज महानगरपालिका १ बस्ने वर्ष २२ का नैमोदिन मिया, सोही स्थान बजार छपकैया बस्ने वर्ष २७ का जितेन्द्र साह सोनार र वर्ष २२ का कृष्णा सराफलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जना विरुद्ध लागुऔषध मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सम्बन्धित समाचार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

