कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व गोलाघाटमा मनाउने
काठमाडौँ । कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालले यसपालिको उक्त पर्व देशभरका कुमाल जाती एकै स्थानमा जम्मा भएर विशेष उत्सवका साथ मनाउने निर्णय समेत गरेको छ । समाजका केन्द्रीय अध्यक्ष तेलबहादुर कुमालले बिहीबार पत्रकारसँग कुरा गर्दै चितवनको भरतपुरस्थित पर्यटकीय क्षेत्र नारायणी र राप्ती नदीको सङ्गमस्थल गोलाघाटमा महोत्सवकै रुपमा पर्व मनाउने निर्णय भएको जानकारी दिए ।
उत्सवमा सांस्कृतिक कार्यक्रमसहित मौलिक वेशभूषा प्रदर्शन हुने जनाइएको छ । आफ्नो मौलिक घर, पाहुनाको स्वागत÷सत्कारका चाल÷चलनलाई पनि प्रदर्शन गरेर मौलिक संस्कृतिलाई प्रवद्र्धन र प्रदर्शन गरिने अध्यक्ष कुमालले बताए ।
महोत्सवकै रुपमा मनाउन लागिएको पर्वमा प्रदर्शनी कक्षसमेत राखेर कुमाल समुदायको मौलिक संस्कृति प्रदर्शन गरिने छ । अध्यक्ष कुमालका अनुसार उनीहरुले माघे सङक्रान्ति दसैँ, तिहारभन्दा पनि ठूलो पर्वको रुपमा लिने गर्छन् । उनले भने, “अरु समुदायको पर्वलाई राज्यले सम्बोधन गरेको तर कुमाल समुदायको पर्वलाई सम्बोधन नगरेकाले प्रधानमन्त्रीलाई नै सहभागी गराएर कुमालको पनि माघे सङ्क्रान्ति छ भनेर देखाउने र राजपत्रमा सम्बोधनका लागि पहल गर्न कार्यक्रम गरिएको हो ।”
कुमाल समुदाय देशका ७० जिल्लामा एक लाख ३० हजार हाराहारीमा रहेका जनाइएको छ । थर बदल्ने कारणले कुमाल समुदाय कम भएको उनीहरु बताउँछन् । उक्त कार्यक्रममा ७० जिल्लाबाट छ हजार मानिस सहभागी हुने बताइएको छ । महोत्सवमा कुमाल समुदायको मौलिक घर, खाना, वेशभूषा, नृत्य र राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहने गरी तयारी भइरहेको छ । कुमाल समुदायले संस्कृति संरक्षणका लागि पहिलोपटक उक्त कार्यक्रम गर्न लागेको हो ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

