बालुवाभित्र लुकाएर ल्याइरहेको १० क्विन्टल गाँजा सहित एक व्यक्ति पक्राउ
जानकारी केन्द्र
२०८०, पुष, २२
सप्तरी । सप्तरी प्रहरीले १० क्विन्टल ६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार विहान पत्रकार सम्मेलन गर्दै गाँजासहित पक्राउ परेका चालक बिशेष राईलाई सार्वजनिक गरेको हो ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कल्याणपुरको संयुक्त टोलीले शुक्रबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत खड्ग नगरपालिका ७, कल्याणपुर चौकमा सवारीसाधन चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार धनकुटाको सहिदभुमि नगरपालिका ४ का विशेष राईले चलाएर ल्याएको को १ ख ५८३१ नम्बरको टिपरमा लोड रहेको बालुवाभित्र २८ वटा बोरामा पोका पारी राखिएको एक हजार ६ किलो गाँजा नियन्त्रणमा लिएको हो । प्रहरीले चालक राईको साथबाट एक लाख रुपैयाँ नगद समेत बरामद गरेको छ ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

