सेताम्ये देखिने हिमालमा कालापत्थर देखियो, पुसमै फुल्यो लालीगुराँस
जाजरकोट । बाह्रै महिना सेताम्ये हुने हिमालमा कालापत्थर देखिन थालेको छ भने फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ । केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो । केही वर्षअघिसम्म हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाह नपाएको भेरी नगरपालिका–२ तिमिलेका ९२ वर्षीय कर्णबहादुर वलीले बताए । उनले केही वर्षयतादेखि हिमालमा हिउँ पनि देखिन छोडेको जानकारी दिए।
लालीगुराँस फुल्ने भेरी नगरपालिकाका तिमिले, डिँगा, राङ्सी, मछाइना, कुशेका पाँचकाटीया, समाइला, नलगाडको लहाँ, करुवा, डाँडागाउँ, बारेकोटका रामीडाँडालगायत गाउँमा प्रशस्तमात्रामा लालीगुराँस फुल्ने गरेका छन् । सबै लालीगुराँस नफुले पनि फाट्टफुट्टरुपमा लालीगुराँस फुलेको देख्न सकिने भेरी नगरपालिका–४ का ७७ वर्षीय खम्बजङ्ग शाहले बताए । पहिला यस्तो हुदैन्थ्यो, अहिले हिउँ पर्न पनि छोड्यो लालीगुराँस पनि पुसमै फुल्न थालेको छ। बाह्रै महिना सेताम्यै हुने यहाँका हिमालमा पनि हिउँ देखिन छोडेको छ ।
जाजरकोटका कुशेपाटन, कराँचुली, जलजला, बारेपाटनलगायत हिमालमा अहिले हिउँ देखिन छोडेको उनको भनाइ थियो । “अहिले हिउँ परेकाबेला मात्र हिमाल सेता देखिन्छ अरुबेला कालापत्थर देखिन थालेका छन्”, शाहले भने, “यसैकारण हिउँ चितुवा, कस्तुरी, डाँफे, मुनाललगायतका जङ्गली पशुपक्षी लोप हुन थालेका छन् । चिसो र गर्मी अत्यधिक बढ्न थालेको छ ।” हिउँ नपर्दा फलफूलका बोटबिरुवा, गहुँ, जौलगायत हिउँदेबालीमा समेत असर पर्ने र उत्पादनमा ह्रास आउने स्थानीयवासीको भनाइ छ ।
सम्बन्धित समाचार
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला
पृथ्वीमा ‘अमासिया’ नामक नयाँ महामहाद्वीपको जन्म हुदाँ प्रशान्त महासागर हराउने
नेपाल आइपुग्यो लिपमोटर बी०३एक्स, छिट्टै औपचारिक लन्च हुँदै
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ मा रु.४ अर्बभन्दा बढी खुद नाफा
३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशोर बने प्राध्यापक
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

