मुटु स्वस्थ राख्ने यस्ता छन् उपायहरु
अहिले अधिकांश मानिसमा मुटुरोगको समस्या देखिने गरेको छ । वृद्ध उमेरका मानिसमा मात्र नभई युवा र बालबालिकामा समेत हुने गर्दछ । मुटुरोग हुनबाट कसरी बच्ने त
१. दैनिक व्यायाम
दैनिक ४५ मिनेटसम्म व्यायाम गरेमा असल कोलेस्टेरोल र इन्सुलिन सेन्सिटिभिटी बढ्नगई टाइप २ डाइबिटिजलाई नियन्त्रण हुन्छ र मुटुरोग हुनबाट बच्न सकिन्छ ।
२. तौल नियन्त्रण गर्ने
मुटुरोग हुनबाट बच्न सबैभन्दा पहिले आफ्नो तौल उचाइ अनुसार कायम राख्न सक्नु पर्दछ । अत्यधिक मोटो भएमा मुटु रोगको सम्भावना हुन्छ ।
३. तनाव नियन्त्रण
मुटुरोग हुनबाट बच्न तनाव नियन्त्रण गर्नु सबैभन्दा बढी आवश्यक छ । तनावले मुटुरोग बढाउने गर्दछ ।
४. नुनको सेवन
अत्यधिक नुनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने गर्दछ । त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नु पर्दछ ।
५. मदिरा सेवन
अत्यधिक मदिरा पिउँदा उच्च रक्तचापको समस्या तथा डाइलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या हुनसक्छ । त्यसैले मदिरा सेवन नगर्नु पनि मुटुरोगबाट बच्ने उपाय हो ।
६. माछाको सेवन
सातामा तीनपटकसम्म खानामा माछाको सेवन गरेमा मुटुको रोग लागिसकेका व्यक्तिमा समेत लाभ मिल्दछ । प्राकृतिक रुपमा पाइने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन् ।
७. भिटामिनको सेवन
भिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरु जस्तै बिटा क्यारोटिन, भिटामिन ए, भिटामिन सी, भिटामिन ई आदिको उपभोग गरेमा मुटु रोगबाट बच्न सकिन्छ ।
८. तरकारी
गाढा हरियो रंगका सागसब्जी, ब्रोकाउली, फर्सी, राज्मा, गेडागुडी, सोयालगायतका तरकारी र फलफूल दैनिक तीन पटकसम्म खानुपर्छ । यसले कोलेस्टेरोल नियन्त्रण गर्दछ ।
९. लसुन
दुई–तीन केस्रा लसुन काचो वा तेलमा हल्का भुटेर सेवन गरे ट्राइग्लिसराइड नियन्त्रण गर्दछ ।
१०. शाकाहारी भोजन
शाकाहारी आहार मात्र सेवन गर्नेहरुमा हृदयाघातको समस्या कम हुन्छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

