Jankari Kendra
१९ श्रावण २०८३, मंगलवार
Worldlink

बम्जनविरुद्ध बारामा पर्‍यो बेपत्ता र हत्या आरोपमा थप दुई जाहेरी

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, माघ, १
बम्जनविरुद्ध बारामा पर्‍यो बेपत्ता र हत्या आरोपमा थप दुई जाहेरी

काठमाडौं । ‘तपस्वी’ रामबहादुर बम्जनविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा थप दुई जाहेरी परेको छ । उनीविरुद्ध हत्या, अपहरण तथा बेपत्ता सम्बन्धी जाहेरी दर्ता भएको बाराका एसपी सुरेश काफ्लेले बताए ।

बम्जन पक्राउ परेसँगै परेका जाहेरीमा प्रारम्भिक अनुसन्धान भइरहेको एसपी काफ्लेले बताए । निजगढ नगरपालिका १२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सिमरा उप महानगरपालिका १५ वडहर्वा घर भएका ३४ वर्षीय सुरेश कुमार आलेलाई बेपत्ता बनाएको आरोप छ ।

आलेका परिवारले उनलाई अपहरणपछि बेपत्ता बनाएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । सुरेश कुमार आले २०७२ जेठपछि सम्पर्कविहीन भएको जाहेरीमा उल्लेख छ ।

बम्जनले रिता बोटको हत्या गरेको आरोपमा अर्को पनि जाहेरी परेको छ । सर्लाहीको बागमती नगरपालिका १२ घर भएकी रिताको बाराको आश्रममा हत्या गरेको पीडित परिवारले दिएको किटानी जाहेरीमा बताइएको छ ।

बम्जन हाल बलात्का मुद्दा पुर्पक्षका लागी महोत्तरी कारागारमा थुनामा छन् । उनीविरुद्ध यसअघि पनि ४ जनालाई बेपत्ता बनाएको तथा एक जनालाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेको थियो ।

Top Changing Nepal

युट्युब सट्स