स्यालको टोकाइबाट एक दर्जन व्यक्ति घाइते, एक गम्भीर
जानकारी केन्द्र
२०८०, माघ, ६
रौतहट । गढीमाई नगरपालिकामा स्यालको टोकाइबाट एक दर्जन व्यक्ति घाइते भएका छन् । गढीमाई नपा ७ मा गोठालाहरू घाँस काट्न बिहिबार खेतमा गएका बेला उखुघारीबाट निस्किएको बहुला स्यालको टोकाइबाट उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा महेन्द्र महतो, मन्तोरिया देवी, तेतरी खातुन, जयबुल खातुन, मनीषा कुमारी, उषा देवी, रामविनय बैठा, दुखिया देवी, बिना देवी, श्रवण कुमार, सिकिलावा देवी, जयल मुखिया लगायत रहेको इलाका प्रहरी कार्यालय, गरुडाले जनाएको छ ।
घाइतेमध्ये तेतरी खातुनलाई गम्भीर चोट लागेको र उनलाई थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंज पठाइएको छ । घाइतेहरूलाई खोप लगाउन प्रादेशिक अस्पताल, गौर पठाइएको समेत प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

