• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ६ घण्टा 

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १९ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • २० घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • २३ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • १ दिन 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • १ दिन 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १ दिन 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. Dongfeng Motor has launched Munich design center in European markets

  • २. चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

  • ३. २०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

  • ५. २०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ८. काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ९. गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

  • १०. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

श्रमदान र चन्दा सहयोगबाट लिच्छवीकालीन स्वयम्भू (चैत्य)को पुर्ननिर्माण सुरु

जानकारी केन्द्र २०८०, माघ, १२

त्रिशूली (नवाकोट) । विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध स्वयम्भू (चैत्य) विहार पुनःनिर्माण स्थानीयबासीको पहलमा अघि बढाइएको छ । प्राप्त इतिहासअनुसार एक हजार चारसय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको स्वयम्भू (चैत्य) लामो समयदेखि जीर्ण भएसँगै यस ऐतिहासिक स्थलको उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा नै पुनरुनिर्माण लागि स्थानीयले आर्थिक सङ्कलन र श्रमदान गरेर काम अघि बढाइएको हो ।

विदुर नगरपालिकाको अनुरोधमा गतवर्ष पुरातत्व विभागले गरेको अध्ययनले लिच्छवीकालीन समयको स्वयम्भू (चैत्य)को ‘तत्कालै संरक्षण गर्नुपर्ने’ जनाएको थियो । तर बजेट अभावमा संरक्षणमा चासो नदिइएपछि स्थानीयबाट स्वःस्फूर्त रुपमा संरक्षण भइरहेको नुवाकोट स्वयम्भू महाचैत्य संरक्षण संस्थाका सदस्य तथा अभियन्ता गौतममान सिंहले जानकारी दिए ।

उनका अनुसार पूरातत्वविद्सँगको सहकार्यमा तयार गरिएको गुरु योजना अनुसार बुद्धसँग सम्बन्धित एकसय आठ चैत्य, तीन सयभन्दा बढी बोधिसत्व–तारा, एकहजार चार स्वयम्भु चैत्यसहित विशाल स्वयम्भू महाचैत्यको पुनःनिर्माण गर्न लागिएको हो ।

“स्वयम्भू (चैत्य)को पुनःनिर्माण तथा संरक्षणका लागि बनाइएको गुरुयोजना अनुसार चार चरणमा काम सम्पन्न गर्ने लक्ष्य छ”, अभियन्ता सिंहले भने, “दोस्रो चरण अन्तर्गत हाल चैत्य, बोधिसत्व, तारा निर्माणको काम भइरहेको छ भने यसपश्चात विशाल महास्वयम्भू निर्माणको काम सुरु गरिने छ ।”

स्वयम्भू–चैत्य निर्माणका लागि पहिलो चरणमा टुँडिखेलदेखि स्वयम्भू–चैत्यसम्म ढुङ्गेसिँढीको निर्माण गरेर र दायाँबायाँ बुद्धधर्मसँग सम्बन्धित चिवा, चैत्य, मूर्तिको प्रतिस्थापन गरिएको छ । दोस्रो चरण अन्तर्गत पन्ध्र रोपनी जग्गालाई पूर्णरूपमा ऐतिहासिक झलक दिने गरेर ढुङ्गेपर्खालको निर्माण गरेर एकसय आठ चैत्य, तीनसय भन्दाबढी बोधिसत्व–तारा, एकहजार चार स्वयम्भु चैत्यको प्राण प्रतिष्ठा गरेर मूर्तिहरुको प्रतिस्थापनको गर्न लागिएको छ ।

तेस्रो चरणमा विशाल स्वयम्भू महाचैत्यको निर्माण गरिने छ भने चौथो चरणमा बौद्धधर्मको अध्ययन केन्द्र, ध्यानकेन्द्र, पुस्तकालयलगायतका संरचना निर्माणका लागि समुदाय र संघसंस्थाबाट सहयोग खोजेर स्थानीयले गत असारदेखि सुरु गरेको कामलाई निरन्तर अघि बढाइएको छ ।

ऐतिहासिक तथा पुरातात्विक संरचना भएपनि लामो समयदेखि जीर्ण रहेको चैत्यको पुनःनिर्माणका क्रममा ‘पहिला जस्तो थियो त्यस्तै’ निर्माणका लागि गुरुयोजना बनाएर पुरातात्विक स्वरुपमा नै काम भइरहेको महाचैत्य संरक्षण संस्थाका अध्यक्ष ईश्वरमान श्रेष्ठले जानकारी दिए ।

उनको अनुसार हालसम्म नुवाकोटसहित देशभरबाट श्रमदान, आर्थिक सहयोग र भगवानको प्राण प्रतिष्ठा समेत गरेर करीब दुई करोड लगानीको काम सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

ताजा

यस्तो छ आजको मौसम पुर्वानुमान

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.