प्रचण्डलाई दुर्गा प्रसाईको आग्रहः ज्ञानेन्द्रसँग मिल्नुस्, महाराजले बच्चा सम्झेर माफ दिनुहुन्छ
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजासँग मिल्न सुझाव दिएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रसँग मिलेको खण्डमा बच्चा सम्झेर सबै काण्डहरुमा माफी दिनेसमेत बताए ।
‘तपाई न केपी ओलीको हुन सक्नुभयो । न शेरबहादुर देउवाको हुन सक्नुभयो । तपाईँ माओवादीको पनि हुन सक्नुभएन । कहिले एमालेको, कहिले कांग्रेसको वैशाखी टेक्नुहुन्छ । आफ्नो त टेक्ने ठाउँनै छैन । तपाईँले यो राज्यसत्ता छोडिराख्दा खेरी हालत के हुन्छ रु अहिले पनि समय छ ।’ उनले भने, ‘मलाई उहाँका एक जना नजिकका साथीले फोन गरेर के भन्नु भएको थियो भने– अब राजा र प्रचण्डलाई मिलाइदिँदा कसो हुन्छ दुर्गाजी रु राजासँग कुरा गर्नु न दुर्गाजी भन्ने कुरा आयो । पर्दैन राजासँग कुरा गर्न । हामीनै पर्याप्त छौं । यो तपाईँले गर्नुभयो भने राजाले तपाईँलाई आफ्नो बच्चा सम्झेर, राजा भनेको त गार्जेन हो नि, राजाले बच्चा सम्झेर माफ गर्दिनुहुन्छ ।’
केपी ओलीले हत्या गरेर जेल बसेको १४ वर्षपछि राजा विरेन्द्रले आममाफी दिएको उनको दाबी छ ।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

