• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • ७ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • १० घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १० घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • ११ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

रातोपानीको तातोपानी मुहान संरक्षण र व्यवस्थापन

जानकारी केन्द्र २०८०, माघ, २२

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा रहेको प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका, प्रदेश सरकार, स्थानीय र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन भएपछि सो मुहान उपचार, स्नान र मनोरञ्जनस्थलका रुपमा विकास भएको हो । कालीगण्डकी नदी किनारमा रहेको तातोपानीको मुहानलाई संरक्षणका साथै व्यवस्थित बनाएपछि पर्यटकीय र प्राकृतिक उपचारस्थलका रुपमा विकास हुन थालेको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।

“तातोपानीको मुहानलाई कालीगण्डकीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण, डुबुल्की मारेर स्नान गर्ने सुविधाका लागि व्यवस्थित पोखरी, टहरा, विश्रामस्थल बनाइएको छ”, उनले भने, “रातोपानी संरक्षण र व्यवस्थापनका लागि गाउँपालिकाले पछिल्लो पाँच वर्षयता रु ५० लाखभन्दा बढी लगानी गरेको छ, समुदाय र दाताले पनि सहयोग गरेका छन् ।”

बेनी–जोमसोम सडकको छेउमा प्रतिसेकेण्ड ११ लिटरका दरले ५६ डिग्रीको तातोपानी निस्कने मुहान छ । मुहानबाट निस्किएको पानीलाई पोखरीमा सङ्कलन गरी एक पटकमा ४० देखि ५० जनाले स्नान गर्नसक्ने क्षमताको १०÷१० मिटर लम्बाइ र चौडाइ भएको पोखरी बनाइएको छ ।

पक्की पर्खाल बनाएर संरक्षण गरिएपछि तातोपानीको मुहान र पोखरी कालीगण्डकीको कटानबाट सुरक्षित भएको छ । टहरा र विश्रामस्थल भएपछि स्नान गर्नका लागि घामपानीले असर गर्दैन । पहिले नदी किनारको खुला ठाउँको पोखरीमा स्नान गर्दा व्यवस्थित थिएन ।

उपचारका लागि आउने सर्वसाधारण र स्नान गर्ने पर्यटकलाई सहज भएको कुण्ड सञ्चालनका लागि गाउँपालिकाबाट अनुमति पाएका खिलराज बरुवालले बताए । “यो तातोपानी कुण्ड गरिबका लागि अस्पताल बनेको छ”, उनले भने, “व्यवस्थित भएसँगै उपचार र जाडो याममा तातोपानीमा स्नान गरेर मनोरञ्जन लिने दुवैथरी मानिसको आगमन बढेको छ ।”

बरुवालले गाउँपालिकालाई एक लाख राजस्व तिरेर चालु आर्थिक वर्षका लागि कुण्ड सञ्चालनको अनुमति लिएका छन् । उनका अनुसार दैनिक एक सय जना जति स्नानका लागि आउने गर्छन् । पाहुना र पर्यटक आगमनसँगै रातोपानी, पोखरेबगर र ठूलोबगरको व्यवसाय प्रर्वद्धन भएको छ ।

चोटपटक लागेको, बज्रिएको, ग्यास्ट्रिक र चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट पीडित बिरामी तातोपानीमा डुबुल्की मारेर स्नान गर्न आउँछन् । युरिक एसिडबाट थलिएका अन्नपूर्ण–७ औलका रिमबहादुर पुर्जाले तातोपानीमा स्नान गरेपछि निको भएको अनुभव सुनाए ।

“पाँच वर्षअघि मलाई यहाँ स्नानका लागि परिवारका सदस्यले बोकेर ल्याएका थिए”, उनले भने, “२१ दिन स्नान गरेपछि युरिक एसिड निको भयो, आफैँ हिँडेर घर गए, त्यसपछि हरेक वर्ष हिउँदयाममा स्नानका लागि रातोपानीको तातोपानीमा आउने गरेको छु ।” पोखरा, काठमाडौँ, चितवन, मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँबाट स्नान गर्ने व्यक्ति आउने गरेको बताइएको छ ।

सर्वसाधारणले कुण्डमा पूर्वाधार निर्माणमा पनि सघाएका छन् । अन्नपूर्ण–६ घोडेपानीका ममता गर्बुजाले करिब रु एक लाख ५० हजार खर्च गरेर सडकदेखि पोखरीसम्म पुग्ने रेलिङसहितको पदमार्ग बनाइदिएको वडाध्यक्ष खड्काले बताए ।

चिसो याममा तातोपानीमा शरीर डुबाएर स्नान गर्दाको छुट्टै आनन्द हुने बताइन्छ । बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटक पनि कुण्डमा स्नान गर्न आउन थालेका छन् । सात दिन स्नान गर्दा रु तीन सय ५० र एकपटक स्नान गर्न रु ३० शुल्क तोकिएको छ ।

तातोपानीको पोखरी नजिकै कपडा फेर्ने ठाउँ, अर्को मुहानमा धारा र सार्वजनिक शौचालय बनाउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए । उनका अनुसार सार्वजनिक शौचालय निर्माणका लागि चालु आर्थिक वर्षमा रु आठ लाख विनियोजन गरिएको छ ।

गत वर्ष प्रदेश सरकारको पाँच लाख अनुदानमा पोखरी परिसरमा विश्रामका लागि पनि प्रयोग गर्न सकिने गरी सिँढी निर्माण गरिएको थियो । बेनी–जोमसोम सडकको नजिकै भएको कुण्डको प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको अध्यक्ष पुनले बताए । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
छोराको कुटपिटबाट आफ्नै आमाको निधन
२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

छोराको कुटपिटबाट आफ्नै आमाको निधन

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.