• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण
  • ७ घण्टा 

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा
  • ७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ८ घण्टा 

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • २१ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • २३ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. २०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

  • ४. २०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

  • ६. वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

  • ७. अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र

  • ८. Yamaha Nepal is opening it’s New 3S Showroom in Budhanilkantha, Kathmandu

  • ९. डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

धार्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम

जानकारी केन्द्र २०८०, माघ, २३

नवलपुर । पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका पुजारी रामशरण गिरीले जानकारी दिए । नेपाली भूमिबाट आश्रम पुग्न सडक सञ्जाल निर्माण नभएको अवस्थामा समेत दर्शनार्थीको राम्रो उपस्थिति हुने गरेको जनाउँदै उनले स्थालमार्गबाट नेपालसँगै जोड्न सकेमा अझै आकर्षक गन्तव्य बन्ने छ भने। ‘नवलपुरको त्रिवेणीधाममा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आउनसक्यो भने त्रिवेणी आएका धेरै तीर्थयात्री यहाँ आउनुहुन्छ’, उनले भने, ‘झोलुङ्गे पुल तरेपछि करिब एक घण्टाको पैदलयात्रापछि यहाँ आउन सकिन्छ । तर पुल सञ्चालनमा छैन ।’

अहिले वाल्मीकि आश्रम पुग्ने तीर्थयात्री त्रिवेणीधामबाट काठको डुङ्गामा जोखिमपूर्ण यात्रा गरेर आउने गरेका छन् भने केही तीर्थयात्री भारतीय भूमि प्रयोग गरेरसमेत आउने गरेका छन् । ‘त्रिवेणी भन्सारमा रहेको गण्डक ब्यारेज (पुल) तरेर भारतीय भूमि हुँदैसमेत तीर्थयात्री आउने गर्नुभएको छ’, उनले भने, ‘भारतीय भूमि प्रयोग गरेर आउँदा त्यहाँको पनि निकुञ्ज हुँदै आउनुपर्ने भएकाले यात्रा अलि कष्टपूर्ण छ।’ गण्डक ब्यारेज तरेर आउँदा जङ्गलको बाटोसँगै भारतको तमसा नदी र नेपालको स्वर्णभद्रा नदी तरेर आउनुपर्ने उनले बताए ।

‘यी दुवै नदीमा पुल निर्माण गरिएको छैन’, उनले भने, ‘हिउँदमा दर्शनार्थी सहजरूपमा आए पनि बर्खाको बेलामा यहाँ आउन सहज छैन ।’ भौगोलिकरूपमा वाल्मीकि आश्रम चितवनको माडी नगरपालिका–१ मा पर्ने यो भूमि पुग्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिका–६ मा पर्ने त्रिवेणीधामबाट नारायणी नदीमा डुङ्गा तरेर जाने गरिन्छ । त्रिवेणीधामबाट वाल्मीकि आश्रम जोड्नका लागि झोलुङ्गे पुल निर्माण गरिएको भए पनि निकुञ्जको बाधाका कारण पुल सञ्चालनमा आउन नसकेको उनले बताए ।

यस पौराणिक भूमि महर्षि वाल्मीकिले रामायण रचना गरेको र लवकुश जन्मेको स्थलका रूपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको गिरीको भनाइ छ । त्रेतायुगमा भगवान् रामले सीतालाई त्याग गरेपछि लक्ष्मणले यही भूमिमा ल्याएर छाडेको, सीताले वाल्मीकि आश्रममै जीवन बिताएको र पछि सीता पातल प्रवेश (धर्तीमुनि विलीन) गरेको स्थानका रूपमा पनि यो स्थल रहेको गिरीको भनाइ छ । आश्रम क्षेत्रमा रहेका लवकुश जन्मेको स्थल, सीताले प्रयोग गर्ने सिलौटा, लवकुशले घोडा बाँधेको तबेला, विष्णु चक्र, वाल्मीकि ऋषि अन्तरध्यान भएको स्थल, पचासी हजार ऋषिद्वारा वाल्मीकि ऋषिले हवन गरेको हवनकुण्ड, अमृत कुवा, विष्णु चक्रलगायत रामायणकालीन सामग्री खुलारूपमा देख्न सकिने उनको भनाइ छ । विशेषगरी वाल्मीकि आश्रममा माघे औँसी, शिवरात्रि, बोलबमसहित विभिन्न समयमा भक्तजनको भीड हुने गरेको गिरीको भनाइ छ ।

महर्षि वाल्मीकिले ब्रह्मज्ञान प्राप्त गर्नुका साथै यहीँ बसेर रामायण लेखेको स्थानका रूपमा वाल्मीकि आश्रम प्रख्यात रहेको सीता मन्दिरका पुजारी शेखर सुवेदीले बताए । सीतामाता वनबास बसेको र लवकुशको जन्म तथा शिक्षा–दीक्षा भएकाले यस ठाउँको विशेष महत्व रहे पनि सरकारी उदासिनताका कारण ओझेलमा परेको सुवेदीको भनाइ छ । प्राचीन त्रेतायुगको हरिहरको मूर्तिसहितका रामायणकालीन संरचना यहाँ रहेका उहाँले बताए।

आफ्नो मनोकाङ्क्षा पूरा हुने जनाउँदै मानिसले आफूले इच्छाएको कुरा माग्नका लागि यहाँ आउने गरेका बताइएको छ । नेपालीभन्दा बढी भारतीय भक्तजन मन्दिरमा आउने गरेका उनको भनाइ छ । मानिस बाह्रै महिना मन्दिरमा आउने भए पनि नेपाली भूमिबाट आउने बाटो नहुँदा धार्मिक पर्यटकलाई असहज हुने गरेको उनले बताए। नेपालबाट आश्रममा आउन पुल बनेको भए पनि सञ्चालनमा नहुँदा भारतीय बाटो भएर आउनुपर्दा दुःख पाउने गरेका सुवेदीले गुनासो गरे ।

कास्कीको पोखरा महानगरपालिका–३३ बाट यहाँ आउनुभएका रमेशराज आचार्य किताबमा पढेका कुरा प्रत्यक्षरूपमा देखेर अवलोकन गर्दा प्रभावकारी हुने भएकाले आफूहरू वाल्मीकि आश्रममा आएको बताउँछन् । पुरातात्विक ऐतिहासिक ठाउँ भएकाले यसलाई अझ व्यवस्थित बनाउँदा जिउँदो इतिहास बन्ने आचार्यको तर्क छ । ‘यसलाई पढ्नका लागि किताबका पाना पल्टाउनुभन्दा पनि अवलोकनबाट सबै कुरा पत्ता लाग्ने गरी संरक्षण गर्नुपर्छ’, उनले भने, ‘आश्रममा आउनका लागि नेपालकै बाटो प्रयोग गरेर आउने अवस्थाको सिर्जना गर्नसके राम्रो धार्मिक गन्तव्य बन्न सक्ने थियो ।’

नेपालबाट आश्रममा आउने भक्तजन भारतको बाटो भएर आउनुभन्दा त्रिवेणीधामस्थित नारायणी नदीबाट जोखिमपूर्ण डुङ्गाको यात्रा गरेर आउने गरेका छन् । वाल्मीकि आश्रमलाई यातायात सञ्जालसँग जोड्दा धार्मिक पर्यटकीय दृष्टिकोणबाट यस ठाउँको महत्व अझै बढ्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

ताजा

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.