रौतहटमा गाँजासहित ३ जना लागूऔषध कारोबारी पक्राउ
जानकारी केन्द्र
२०८०, माघ, २४
रौतहट । रौतहट स्थित इलाका प्रहरी कार्यालय देवाही गोनाहीको टोलीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । देवाही गोनाहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागूओषध गाँजा बरामद गरेको हो ।
जिल्ला रौतहट देवाही गोनाही न.पा. वडा नं. ०८ गोनाही बजार स्थित संग्रालय नजिक सार्वजनिक सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरु चेकजाँच गर्ने क्रममा जयनगर देखि गोनाही बजार तर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ह २५२४ नम्बरको डाँफे अटोलाई शंका लागि चेकजाँच गर्दा गाँजा फेला परेको हो ।
उक्त अटोमा दुई वटा जेब्रा झोला भित्र लुकाई ल्याउँदै गरेको १० के.जि. ३ सय ग्राम लागूऔषध गाँजा सहित सवारी चालक सर्लाही बागमती नगरपालिका १२ बथाने टोलका वर्ष २२ को राजन मोक्तान, सोही ठाउँका वर्ष २३ का सुजन मोक्तान र वर्ष २९ की असली माया वल रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

