आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस, यसरी भएको थियो सुरुवात
एजेन्सी । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । यो दिवसलाई विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमी प्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।
विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वकै रूपमा प्रणय दिवस मनाइन्छ । युवायुवतीले प्रेमप्रेमिकालाई प्रेमको प्रतीक गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्ने गर्दछन् ।
युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमिकाले प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गरेका छन् । प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा मनाउन थालिएको यो दिवस नेपालमा पनि चर्चित रहेको छ ।
यसरी मनाउन थालियो भ्यालेन्टाइन डे
हाल विश्वभर युवायुवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डेको सुरुवात प्राचिन रोमनबाट सुरु भएको मानिन्छ । मध्य युगमा इंग्ल्याण्ड र फ्रान्समा १४ फेब्रुअरीका दिनदेखि चराले आफ्नो जोडीको खोजी गर्न सुरु गर्ने तथा प्रेममा लिप्त भएर सम्भोग गर्छन् भन्ने धारणा थियो ।
यस्तै, प्राचिन रोमनमा महिला र विवाहकी देवीलाई सम्मान गर्दै यो दिन उत्सव मनाउने गरिन्थ्यो भन्ने किम्बदन्ती छ । यी यस्तै धेरै किम्बदन्तीको संयुक्त प्रभावबाट प्रेम दिवसको सुरुवात भएको हो ।
विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्बत २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । तत्कालिन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए ।
प्रेम तथा विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर, सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए ।
उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रूपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे । जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो ।
आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेम पत्र आफ्नी प्रेमिका अर्थात् जेरकी छोरीलाई दिएका थिए । उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए ।
उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइन प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
