कुल्लीदेखि बस कन्डक्टरको काम गरेका रजनीकान्त कसरी बने सुपरस्टार ?
एजेन्सी । बलिउड र टलिउडका सुपरस्टार रजनीकान्त सन् १९५० को डिसेम्बर १२ तारिखका दिन बेंगलुरुको मराठी परिवारमा जन्मिएका थिए । गरिब परिवारमा जन्मिएका रजनीकान्तले जीवनमा कडा मेहेनत र संघर्ष गरेका छन् ।
टलिउडमा मात्र होइन बलिउडमा पनि रजनीकान्तले चर्चा कमाएका छन् । साउथ भारतमा रजनीकान्तलाई भगवान र थलाइवा भनेर पूजा गरिन्छ । फिल्ममा दमदार अभिनय गर्ने रजनीकान्त वास्तविक जीवनमा पनि निकै प्रभावशाली व्यक्तित्व हुन् ।
रजनीकान्तको वास्तविक नाम शिवाजी राव गायकवाड हो । उनको पिताको नाम रामोजी राव गायकवाड हो । उनका चार जना भाइबहिनी थिए । रजनीकान्तको घरको अवस्था कमजोर थियो ।
उनको घरको अवस्थाका कारण रजनीकान्तले कुली र बस कन्डक्टरको समेत काम गरेका थिए । उनले बेंगलुरु परिवहन सेवामा कन्डक्टरको काम गरेका थिए । रजनीकान्त सानै उमेरदेखि फिल्ममा काम गर्न चाहान्थे ।
उनले कन्डक्टरको काम गर्दागर्दै कन्नड रंगमञ्चमा पनि काम गर्न सुरु गरे । त्यसपछि उनले फिल्ममा काम गर्ने सपना पूरा गर्नका लागि मद्रास फिल्म इन्स्टिच्युटमा सन् १९७३ मा भर्ना भए । जहाँ उनले डिप्लोमा उर्तिण गरे ।
उनले २५ वर्षको उमेरमा फिल्म करियर सुरु गरे । उनले तमिल फिल्म ‘अपूर्वा रागनगाल’ मा काम गरे । त्यसपछि थुप्रै सुपरहिट फिल्म गरे । बलिउडमा समेत उनका फिल्महरुले निकै चर्चा पाए ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
