कुल्लीदेखि बस कन्डक्टरको काम गरेका रजनीकान्त कसरी बने सुपरस्टार ?
एजेन्सी । बलिउड र टलिउडका सुपरस्टार रजनीकान्त सन् १९५० को डिसेम्बर १२ तारिखका दिन बेंगलुरुको मराठी परिवारमा जन्मिएका थिए । गरिब परिवारमा जन्मिएका रजनीकान्तले जीवनमा कडा मेहेनत र संघर्ष गरेका छन् ।
टलिउडमा मात्र होइन बलिउडमा पनि रजनीकान्तले चर्चा कमाएका छन् । साउथ भारतमा रजनीकान्तलाई भगवान र थलाइवा भनेर पूजा गरिन्छ । फिल्ममा दमदार अभिनय गर्ने रजनीकान्त वास्तविक जीवनमा पनि निकै प्रभावशाली व्यक्तित्व हुन् ।
रजनीकान्तको वास्तविक नाम शिवाजी राव गायकवाड हो । उनको पिताको नाम रामोजी राव गायकवाड हो । उनका चार जना भाइबहिनी थिए । रजनीकान्तको घरको अवस्था कमजोर थियो ।
उनको घरको अवस्थाका कारण रजनीकान्तले कुली र बस कन्डक्टरको समेत काम गरेका थिए । उनले बेंगलुरु परिवहन सेवामा कन्डक्टरको काम गरेका थिए । रजनीकान्त सानै उमेरदेखि फिल्ममा काम गर्न चाहान्थे ।
उनले कन्डक्टरको काम गर्दागर्दै कन्नड रंगमञ्चमा पनि काम गर्न सुरु गरे । त्यसपछि उनले फिल्ममा काम गर्ने सपना पूरा गर्नका लागि मद्रास फिल्म इन्स्टिच्युटमा सन् १९७३ मा भर्ना भए । जहाँ उनले डिप्लोमा उर्तिण गरे ।
उनले २५ वर्षको उमेरमा फिल्म करियर सुरु गरे । उनले तमिल फिल्म ‘अपूर्वा रागनगाल’ मा काम गरे । त्यसपछि थुप्रै सुपरहिट फिल्म गरे । बलिउडमा समेत उनका फिल्महरुले निकै चर्चा पाए ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


