सावित्रा बनिन् दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने
काठमाडौं । राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् । सावित्राले भारतीय राष्ट्रिय महिला टिमकी खेलाडी बाला देवीको नाममा रहेको ५२ गोलको कीर्तिमान तोडेकी हुन् ।
साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गत गएराति भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा गोल गरेसँगै सावित्राले करियरमा अर्को कोशेढुंगा पार गरेकी हुन् ।
सावित्राले ७६ औं मिनेटमा गोल गरेकी थिइन् । उनले १–० गोलले पछि रहेको नेपालका लागि बराबरी गोल फर्काएकी हुन् । बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन् । २६ वर्षीया सावित्राले ४६ खेलमा ५३ गोल गरेकी हुन् ।
सावित्रा जारी प्रतियोगितामा उच्च गोलकर्ताको सूचीको पहिलो स्थानमा छिन् । उनको नाममा ९ गोल रहेको छ । सावित्राले समूहको पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गर्दा एक गोल गरेकी थिइन्।
यस्तै दोस्रो खेलमा नेपालले इराकलाई ५–० ले पराजित गर्दा पाँचै गोल सावित्राले गरिन् । यही खेलमार्फत उनले ५० गोल पूरा गरेकी थिइन् । समूहको अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध उनले दुई गोल गरेकी थिइन् । उनी वाफ च्याम्पियनसिपमा गोल्डेन बुटको दाबेदार हुन् ।
सम्बन्धित समाचार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
