शरीरमा भिटामिन डीको कमी हुदा देखिने ५ संकेतहरु
अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको प्रत्यक कोषमा भिटामिन डी रिसेप्टर हुन्छ।
जब शरिरको कोषमा सूर्यको प्रकाश पर्छ तब कोलस्टोरको मद्धतमा कोषले भिटामिन डी निर्माण गर्छ। भिटामिन डी हाड, दाँत र मसल्स स्वस्थ राख्न भिटामिट डी चाहिन्छ। तापनि भिटामिन डीको परिपूर्ति चौर्तफी वेवास्ता गरिदै आएको छ।र यसैकारण विश्वभरका १० अर्ब भन्दा बढी जनसङ्ख्या भिटामिन डीको कमीको शिकार भएका छन्। सूर्य बाहेका भिटामिन डी खानेकुरामा पनि पाइन्छ, जस्तै माछा र दुधका परिकार। यी लक्षणहरु देखिए थाहा हुन्छ कि शरिरमा भिटामिन डीको कमी भएको छ।
१. थकाइ : थकान, भिटामिन डी कमीको पहिलो लक्षण हो। खाना खाएपछि अनि ७/८ घण्टाको लामो निन्द्रा पश्चात पनि थकान महसुस हुन्छ भने भिटामिन डी कमी भएको हुन सक्छ। शरिरको अस्थिपञ्जरको सहज सञ्चालन गर्न भिटामिन डी चाहिन्छ। यसको कमी हुँदा शरीर ज्यादा थाक्छ।
२. हाड, जोर्नी र कम्मरको दुखाइ : भिटामिन डीले शरिरमा क्यालसियम खपत सन्तुलन गर्छ। हाड, मसल्स र दाँतको स्वास्थको लागि क्याल्सियम आवश्यक हुन्छ। यदि ढाड, कम्मर लगातार दुखिरहन्छ बने भिटामिन डी कमीले हुन सक्छ।
३.घाउ ढिलो निको हुने : चोट पश्चातको घाउ ढिलो निको हुने पनि भिटामिन डीको कमीले हुन सक्दछ। भिटामिन डीले जलन नियन्त्रण गर्न र इन्फेक्सन फैलिन नदिने गर्छ। भिटामिन डीको कमी भएको व्यक्तिमा घाउ निको पार्ने प्रक्रिया सुस्त हुन्छ।
४. कपाल झर्छ : कपाल झर्ने धेरै कारणहरु मध्येको एक कारण हो भिटामिन डीको कमी। यसले कपालको जरा मजबुत राख्छ। यसको कमी हुँदा कपालको स्वास्थ्य गिर्छ। कपाल झर्छ।
५. भिटामिन डीले शारिरक मात्र होइन मानसिक स्वास्थ्यमा पनि उत्तिकै प्रभाव पारेको हुन्छ। यसको कमी हुँदा मुड डाउन हुन्छ। यदि डिप्रेस वा मुड डाउन भएको छ भने सूर्यको प्रकाशले ताजगी ल्याउन सक्छ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

