• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • ८ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • ११ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • ११ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १२ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १२ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १३ घण्टा 

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • १३ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • १४ घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

तौल घटाउने देखि दैनिक आलु खानुका यस्ता छन् अद्भुत फाईदाहरु

जानकारी केन्द्र २०८०, फाल्गुन, १९

तौल घटाउनको लागि फिटनेस विशेषज्ञहरू कार्बोहाइड्रेट भएका चीजहरू नखाना गर्न सिफारिस गर्छन्। तर वैज्ञानिकहरुका अनुसार स्टार्चले भरपूर आलुले तपाईको तौल घटाउन सक्छ ।

किनकी खानाको समयमा मानिसहरु पेट भर्नको लागि धेरै क्यालोरी भएको खानेकुरा खाने गर्दछन् । फलस्वरूप उनीहरूको तौल घट्नुको सट्टा बढ्न थाल्छ र उनीहरूलाई यो बुझ्न गाह्रो हुन्छ कि सबै काम गरेर पनि आफ्नो तौल किन घटिरहेको छैनरु यदि तपाइँ आफ्नो तौल घटाउने आहारमा आलु थप्न चाहनुहुन्छ भने आलु खाने सही तरिका पनि जान्नुहोस्।

अनुसन्धानले के भन्छ ?अध्यनका अनुसार आलुलाई आफ्नो आहारमा समावेश गर्ने व्यक्तिहरू चाँडै पेट भरिन्छन्। आलु खाएर छिटै पेट भरिने हुँदा अरूको तुलनामा कम खाना खान्छन्। यो किनभने आलु कार्बोहाइड्रेट युक्त हुन्छ।

तर यो भारी वजन खानाको सूचीमा आउँछ। धेरै तौल भएका खानेकुराहरू पचाउन धेरै समय लाग्ने खानेकुरा हो। हल्का खानाहरू ती हुन् जुन भारी खानाहरू भन्दा छिटो र सजिलै पच्छन्।वास्तवमा भारी तौल भएका खाना खाँदा तपाईको पेट छिट्टै भर्छ। यस पछि तपाईले उच्च क्यालोरी खाना खानु आवश्यक महसुस गर्नु हुन्दैन । यति मात्र होइन आलुले तपाईलाई लामो समयसम्म पेट भरिएको महशुस गराउँछ जसका कारण तपाई बारम्बार केहि खानबाट जोगिनुहुन्छ ।

१०० ग्राम आलुमा करिब ८० क्यालोरी हुन्छ जुन गाजर र ब्रोकाउली जस्ता तरकारीभन्दा दोब्बर हुन्छ। तर थाहा पाई राख्नुपर्ने कुरा यो छ कि यो रोटी, भात र पास्ता भन्दा कम क्यालोरी हुन्छ।
तौल घटाउनको लागि आलु राम्रोसँग खानु जरुरी छ । तर, अनुसन्धान कर्ताले यस अवधिमा आलु पकाउने र बनाउने विधि तौल घटाउनको लागि महत्त्वपूर्ण रहेको स्पष्ट गरेका छन् । आलु खाएर तौल घटाउनुको अर्थ चिप्स र तेलमा भुटेको आलु खाएर होइन । तेलका कारण आलुको पोषण घट्छ र यसले तौल पनि बढ्न सक्छ ।

अमेरिकाको लुइसियानास्थित पेनिङ्टन बायोमेडिकल रिसर्च सेन्टरका आहारविद् र यस अनुसन्धानका सह-लेखक प्रोफेसर क्यान्डिडा रेबेलोले भनिन्, ‘हामीले प्रायः तौल घटाउने पक्षमा काम गर्ने व्यक्तिले लामो समयसम्म पेट भरिएको महसुस गर्न क्यालोरी खाने गरेको देखेका छौं। उनीहरूले जे खान्छन, भोक नलागोस् भनेर त्यही प्रकारको खाना खाइरहन्छन्।

उनले थप भने, ‘कम क्यालोरी भएका भारी खानेकुरा खानु राम्रो हुन्छ । यसबाट तपाईले सजिलैसँग आफ्नो प्लेटबाट क्यालोरीको संख्या घटाउन सक्नुहुन्छ। आलु धेरै उच्च क्यालोरी खानाहरूको लागि एक स्वस्थ विकल्प हो। हाम्रो अनुसन्धानको मुख्य पक्ष भनेको यहाँ हामीले खानाको मात्रा घटाएको होइन, आलुलाई समावेश गरेर खानाबाट क्यालोरीको मात्रा घटाएको क्यान्डा बताउनुहुन्छ ।

उनले थप भने, “अनुसन्धानका क्रममा हामीले मूल्याङ्कन गरेका मानिसहरूलाई उनीहरूको दैनिक क्यालोरीको आवश्यकता अनुसार खाना खुवाइएको थियो। तर यस क्रममा केही सहभागीको थालमा मासुको सट्टा आलु राखिएको थियो ।

हामीले आलु खाएका सहभागीहरू चाँडै भरिएको र धेरै खाने कारणले, तिनीहरूमध्ये धेरैले आफ्नो थालीमा बाँकी चीजहरू पूरा गर्न नसक्ने देख्यौं। यस क्रममा ती व्यक्तिले आफ्नो पेट लामो समयसम्म भरिएको र भोक नलागेको बताए ।

क्यान्डिन्डाका अनुसार, “समग्रमा, यो अनुसन्धानले निष्कर्ष निकाल्छ कि तपाई आफैलाई भोक नराखी थोरै प्रयासमा तौल घटाउन सक्नुहुन्छ।” मोटोपना र मधुमेहका बिरामीले पनि यसरी आलु खान सक्छन्

धेरैलेआलुलाई तौल बढाउने खानेकुरामान्ने गर्दछन जसका कारण मानिस मोटोपना, टाइप २ मधुमेह र मुटुसम्बन्धी रोगको सिकार हुन सक्छ । तर वास्तवमा यो पनि उत्तिकै महत्त्वपूर्ण छ कि तपाईले खाना कस्तो, कति र कसरी खाँदै हुनुहुन्छ भन्नेमा भर पर्दछ । शोधकर्ताहरुका अनुसार यदि तपाईले कम ऊर्जा भएको भारी खानेकुरा छनोट गर्नुभयो भने तपाईले कम क्यालोरी पाउनुका साथै तपाईको पेट पनि छिट्टै भरिनेछ ।

यस अनुसन्धानको लागि, टोलीले १८ देखि ६० वर्ष उमेरका ३६ व्यक्तिहरूको मूल्याङ्कन गरेका थिए। जो अधिक तौल, मोटो र इन्सुलिन प्रतिरोधबाट पीडित थिए। इन्सुलिन प्रतिरोध एक अवस्था हो जसमा कोशिकाहरूले रगतमा चिनी (रगतमा ग्लुकोजको मात्रा) लाई अवशोषित गर्न सक्दैनन् जसले रगतमा रगतमा चिनीको स्तर बढाउँछ।

अध्ययनको आठ हप्ताको दौडान, सहभागीहरूले ८५ ग्राम माछा वा मासु र ५७ ग्राम आलु वा पकाएको दाल दिउँसो र बेलुकाको खानामा रोटी, भात र पास्ताको साथमा खाए। सोधकर्ताहरुले तौल घटाउन आलुमा यस्तो सल्लाह दिएका छन्,

अनुसन्धानका क्रममा सोधकर्ताहरूले उमालेको आलुको बोक्रासहित १२ देखि २४ घण्टासम्म फ्रिजमा राख्ने गर्थे किनभने कूलिङ प्रक्रियाले यसमा फाइबरको मात्रा बढाउँछ जसले रगतमा चिनीको मात्रा बढाउँदैन । जुन सामान्यतया मधुमेहका बिरामीले आलु खाँदा बढ्छ। यदि मधुमेहका रोगीले यसरी आलु खाएमा यसले उनीहरुलाई पनि हानि गर्दैन ।

यो अनुसन्धान जर्नल अफ मेडिसिनल फुडमा प्रकाशित भएको छ । अनुसन्धानमा आलु खाएकाले ५.८ केजी तौल घटाएको अन्वेषकहरुले दावी गरेका छन् भने सिमी खानेहरुको ४ केजी तौल घटेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

ताजा

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.