सुन्तला खादा कुन-कुन रोगको जोखिम कम हुन्छ ? जानी राखौ
सुन्तलाको नाम लिने वित्तिकै तपाईको मुख रसाउँछ होला । अहिले सुन्तला खाने सिजन पनि हो । जाडो मौसममा न्यानो घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । साथीभाइसँग घाम ताप्दै सुन्तला खाँदा रमाइलो मात्र होइन स्वास्थ्यका लागि पनि निक्कै फाइदाजनक छ।सुन्तला खादा कुन-कुन रोगको जोखिम कम हुन्छ ?
उच्च रक्तचाप नियन्त्रण : सुन्तला सेवन गर्नदा उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पु¥याउँछ । सुन्तलामा हुने हेस्परिडिन भन्ने तत्वले उच्च रक्तचाप नियन्त्रण गर्छ । त्यसैले उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि सुन्तला निकै फाइदाजनक छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन : सुन्तलामा प्रसस्त मात्रालमा भिटामिन सी पाइन्छ । भिटामिन सी प्रसस्त भएको सुन्तलाले तपाईमा रोग प्रतिरोधात्मक क्षमताको विकास गरी तपाईलाई रोगहरु लाग्नबाट बचाउँछ । चिसो मौसममा रोगसँग लड्न सुन्तला खानु निकै फाइदाजनक छ।
छालाको सुन्दरता बढाउँछ : सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईको छालालाई सुन्दर बनाउँछ। त्यसैले तपाईको अनुहार र छालाको सुन्दरताका लागि पनि नियमित सुन्तला खानु उपयुक्त हुन्छ।
मुटुलाई स्वस्थ राख्छ : सुन्तलामा हुने पोटासियमले तपाईको मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । त्यसैले मुटुलाई स्वस्थ राख्न सुन्तला खानु उपयुक्त हुन्छ।
क्यान्सरको जोखिम कम गर्छ : सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईलाई क्यान्सर हुन दिदैन । नियमित सुन्तला खाने व्यक्तिमा स्तन, फोक्सो र छालाको क्यान्सरको जोखिम कम गर्छ।
आँखाको दृष्टिलाई फाइदा : सुन्तलामा पाइने भिटामिन ए ले आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ । त्यसैले आँखा स्वास्थ्यका लागि पनि नियमित सुन्तला खानुस्।
कब्जियतबाट बचाउँछ : सुन्तलामा पाइने फाइबरले कब्जियत हुन दिदैन । त्यस्तै सुन्तलामा हुने रेशायुक्त पदार्थले तपाईका् पाचन प्रणाली समेत राम्रो बनाउँछ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

