पशुपति क्षेत्रमा भोलिदेखि फागुन २७ गतेसम्म मासु तथा मदिरा बिक्री र सेवनमा रोक
काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले महाशिवरात्रि पर्वको लागि पशुपति मन्दिर परिसर आसपासका क्षेत्रमा पाँच दिन मासु,जाँडरक्सी र अरु नशालु पदार्थ बेचबिखन गर्न र खान निषेध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सूचना निकालेर भोलि फागुन २३ गतेदेखि फागुन २७ गतेसम्म पशुपति क्षेत्र आसपास कसैले पनि मासु, जाँडरक्सी तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डार र सेवन नगर्न आग्रह गरेका छन् ।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम यस्ता गतिविधि पूर्ण रूपमा रोक लगाएको हो । सूचनामा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा निषेध गरिएको उल्लेख छ । फागुन २५ गते महाशिवरात्री पर्व मनाइँदैछ ।

सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

