महाशिवरात्रिको व्रत कसरी गर्ने ? यस दिन भूलवश पनि नखानुहोस् यी चिज
एजेन्सी । शिवभक्तहरुको प्रतिक्षाको अन्त्य हुन लागेको छ । भोलि महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाइँदैछ । यदि तपाई पहिलो पटक महाशिवरात्रि व्रत राख्न जाँदै हुनुहुन्छ भने तपाईको लागि यो खबर महत्वपूर्ण छ । वास्तवमा यस वर्ष महाशिवरात्रि भोलि शुक्रबार मनाइँदैछ । यस दिन भगवान शंकर र माता पार्वतीको व्रत बस्ने गरिन्छ ।
फागुन महिनामा मनाइने यो महाशिवरात्रिको ठूलो महत्व रहेको छ । यस दिन भोलेनाथको व्रत राखी विधिपूर्वक पूजा गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ । आज हामी तपाईलाई बताउनेछौं कि यदि तपाई पहिलो पटक महाशिवरात्रि व्रत बस्न लाग्नु भएको छ भने के खाने र के नगर्ने ?
सनातन धर्ममा महाशिवरात्रि पर्व भगवान शिवलाई समर्पित पर्व हो । ज्योतिष पण्डितहरुका अनुसार महाशिवरात्रिको दिन व्रत बस्ने हो भने एकपटक मात्रै फलफूल खानुपर्छ । व्रतमा पिठोको हलुवा खान सकिन्छ ।
के खाने र के नखाने ?
महाशिवरात्रि व्रतमा गहुँ वा चामल बनेका परिकारको उपभोग गर्नुहुँदैन । यसका साथै चामलबाट बनेको चीज पनि खानु हुँदैन । महाशिवरात्रि व्रतको दिन लसुन र प्याज खानु हुँदैन । यस दिन सेतो नुन खानु हुँदैन । यसको सट्टा सिधे नुन खान सकिन्छ ।
महाशिवरात्रिको व्रत गर्नाले भगवान शंकर र माता पार्वती प्रसन्न भई आफ्ना भक्तहरूलाई सुख, शान्ति र वैभवको आशीर्वाद दिन्छन् । यति मात्र होइन महाशिवरात्रिको व्रत राख्नाले वैवाहिक जीवनमा आउने सबै समस्याहरु पनि हट्ने विश्वास गरिन्छ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

