मानव बेचबिखन गर्ने कार्यमा संलग्न एक व्यक्ति पक्राउ
काठमाडौं ।
बुटवलको कपडा पसलमा काममा लगाईदिन्छु भन्दै भारत पुर्यााई मानव बेचबिखन गरेको अभियोगमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-३ घर भएका २५ वर्षीय जीवन भन्ने रिक मन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको बताइएको छ । राईले फेसबुक मार्फत चिनजान भएकी पीडितलाई रोजगारी लगाईदिने प्रलोभनमा भारतको मुजफ्फरपुरमा लगेर बन्धक बनाई राखेको अवस्थामा नेपाल फिर्ता ल्याइएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदात पश्चात फरार रहेका राईलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रहरी वृत्त कालिमाटीको सहयोगमा पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार मासिक ४० देखि ५० हजार रूपैयाँ तलब पाइने पसलमा काममा लगाईदिने प्रलोभन देखाई भारत मुजफ्फरपुरस्थोत मोर्डन फेसन टेड्र मार्क नामक कम्पनीमा बुझाएको, कम्पनीमा काम गर्न ७ दिने तालिम लिनु पर्छ भनि १६ हजार रूपैयाँ लिएको, तालिम सकेपश्चात कम्पनीमा लगानीको लागि जबरजस्ती १ लाख ८० हजार रूपैयाँ लिएको तथा कम्पनीको होस्टलमा बन्धक बनाई राखेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

