कस्तो रहला आजको मौसम ?
काठमाडौँ । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको हो ।
पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायूको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा छ ।
विभागले आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
लुम्बिनी प्रदेशको थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जानकारी दिएको छ । काठमाडौंमा आज मौसम सफा रहने मौसमविद् गोविन्द झा बताउँछन् । “काठमाडौंको मौसम आज सफा रहनेछ । केही बादल देखिए पनि घाम लाग्नेछ,” उनले भने ।
गण्डकी प्रदेशमा केही स्थानमा भने वर्षाको सम्भावना रहेको झाले बताए । “गण्डकीका केही स्थानमा आज वर्षाको सम्भावना छ । तर पोखराको सिटी एरियामा भने आज वर्षाको सम्भावना छैन,” मौसमविद् झाले बाह्रखरीसँग भने।
विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने विभागको भनाइ छ । त्यसैले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
स्थानीय वायु सक्रिय हुन थालेकाले हावाहुरीको समेत सम्भावना रहेकाले यसबाट बच्न सतर्क रहन पनि विभागको आग्रह छ । प्रि–मनसुन सुरु भएसँगै स्थानीय वायु सक्रिय हुँदा हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने हुन्छ । प्रि–मनसुन सक्रिय भएकाले हावाहुरी चल्न पनि सुरु भएको हो ।
सम्बन्धित समाचार
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
यस्तो छ आजको मौसम पुर्वानुमान
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
