अभिभावकका ५ बानी, जसले बच्चामा पार्छ नकारात्मक प्रभाव, ख्याल गर्नुहोस्।
अभिभावकले आफ्ना सन्तानले कहिले पनि दु:ख नपाउन्, सधैं खुसी रहुन् भन्ने चाहना राख्छन् । यो स्वभाविक पनि हो । आफ्ना सन्तानले दु:ख पाएको, उनीहरुको आँखाबाट आँसु झरेको कसले पो चाहन्छ र ?तर कतिपय अवस्थामा आवश्यकताभन्दा बढी माया देखाउनुको नकारात्मक प्रभाव पनि पर्न सक्छ ।
बालबालिकालाई आवश्यकताभन्दा धेरै माया देखाउनु : लेबनानी कवि तथा लेखक खलिल जिब्रानको एउटा प्रख्यात भनाइ छ, ‘सन्तान तपाईंको माध्यमबाट संसारमा आउँछन्, तर तिनीहरु तपाईंका होइनन्, संसारका सन्तान हुन् । त्यसैले अभिभावकले सन्तानलाई माया गर्नुपर्छ तर माया गर्नुको पनि सीमा हुनुपर्छ ।’जस्तै- बच्चा हिंड्न नसक्ने, आफैं खान नसक्ने भएसम्म अभिभावकले गर्नुपर्छ ।
तर बच्चा सक्षम भइरहेपछि पनि आफ्नो बच्चा भनेर जहिले काखमा लिइराख्ने, आफैंले खाना खुवाउने, लुगा लगाइदिने, हरेक समय बच्चासँगै बस्ने गर्नुहुँदैन । किनभने अभिभावकको नजरमा त्यो माया हुनसक्छ तर बच्चालाई अभिभावक देखेर रिस उठ्न सक्छ । बच्चाको नजरमा यस्ता अभिभावक खलनायक हुन्छन् ।त्यसैले बच्चाले आफ्नो हेरचाह गर्न सक्षम भएपछि उसलाई साथीहरुसँग घुलमिल हुन दिनुपर्छ । यसले बच्चाको शारीरिक तथा मानसिक विकास राम्रो हुन्छ ।
बाहिरको रिस बालबालिकामा पोख्ने बानी : कोही अभिभावक बच्चालाई आवश्यकताभन्दा धेरै माया गर्ने गर्छन् भने कोही अभिभावक बाहिर अरुको रिस घरमा आएर बच्चामा पोख्ने गर्छन् । यस्तो व्यवहार गर्ने अभिभावकप्रति बच्चाको मनमा मान सम्मानको सट्टा डर, घृणा र रिस उत्पन्न हुन्छ । उनीहरु असुरक्षित महसुस गर्छन् । यस्ता नकारात्मक सोचले बच्चा र अभिभावकको सम्बन्ध बिग्रिंदै जानुका साथै उनीहरुको वृद्धि विकासमा पनि नकारात्मक असर पर्छ । घरमा यस्तो व्यवहार देखाउने अभिभावकलाई नराम्रो मान्छन् ।
बच्चालाई आफूमा अत्यधिक निर्भर बनाउँदा : संसारका हरेक प्राणीको आधारभूत लक्ष्य बच्चालाई जतिसक्दो चाँडो आत्मनिर्भर बनाउने हो, तर भावनाका कारण मानिसले ढिलाइ गर्छन् । कोही अभिभावक आफ्ना बच्चालाई लामो समयसम्म नियन्त्रणमा राख्न खोज्छन् । यसले बच्चा स-साना कुरामा अभिभावकप्रति निर्भर हुन्छ । जस्तै- के खाने, के नखाने, कसलाई साथी बनाउने ? यी कुरामा अभिभावकले भन्दा पनि बच्चाहरु आफैंलाई निर्णय लिन प्रोत्साहन गर्नुपर्छ ।बरु उसको कुरा राम्रोसँग सुन्ने र केही प्रश्न गरेको अवस्थामा सुझाव दिने गर्नुपर्छ । यसो गर्नाले उनीहरुको आत्मविश्वास बढ्दै जाने र निर्णय लिने क्षमताको विकास हुँदै जान्छ ।
अन्य बच्चासँग तुलना गर्ने बानी : एकअर्कासँग तुलना गर्नु मानवीय स्वभाव हो । धेरैजसो हामी अरुको तुलना गरेर नै अगाडि बढ्न प्रेरणा लिइरहेका हुन्छौं । तर कहिलेकाहीं हरेक समय तुलना गर्ने बानीले बच्चाको दिमागमा नकारात्मक सोच उत्पन्न हुनसक्छ । वास्तवमा, आफ्नो बच्चालाई अन्य बच्चासँग तुलना गरेर उसलाई अनावश्यक अप्रत्यक्ष दबाब दिने गरेको देखिन्छ । उसलाई अरु जस्तै बन्न अप्रत्यक्ष दबाब दिंदा बच्चाले आफूलाई अरुभन्दा कम ठान्न थाल्छ । भविष्यमा आफ्नो करिअरमा असफल भएमा त्यसको दोष अभिभावकलाई दिन सक्छन् ।
बच्चासँग कम बोल्ने बानी : अभिभावकहरु बच्चालाई चाहिने सबैथोक भन्नेबित्तिकै ल्याइदिएकै छ, अरु के चाहियो र भन्ने सोच्छन् । चाहेको सामान किनिदिन्छन् तर उनीहरुसँग कुरा गर्ने, उसको स्कुलमा के भइरहेको छ ? उसको रुचि केमा छ ? के मन पर्छ वा के मन पर्दैन ? भनेर बुझ्न वा जान्न कोसिस गर्दैनन् । जुन एकदम गलत बानी हो । त्यसैले भनेको चीज सामान पुर्याएको छ भन्दैमा राम्रो अभिभावक हुँदैनन् ।
बच्चाको अगाडि बसेर फोन चलाउने बानी : अभिभावकहरु बच्चालाई स्कुलबाट आउनेबित्तिकै होमवर्क गर, पढ बस् भन्छन् । तर अभिभावक भने उनीहरुकै अगाडि बसेर मज्जाले मोबाइलमा रिल हेर्ने, टिकटकमा भिडियो हेरेर बस्ने वा भिडियो बनाएर बस्ने गर्छन् । यसले बच्चाहरुले आफ्नो अस्तित्व नै नभएको महसुस गर्ने गर्छन् । अभिभावकप्रति आदर र मानसम्मान गर्दैनन् । त्यसैले अभिभावक आफैं रोल मोडल हुनका लागि बच्चालाई होमवर्क वा पढ्न बस्ने बेला आफूले मोबाइल नचलाइकन उनीसँग समय बिताउनुपर्छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
