कस्तो अवस्थामा तातो र कस्तो अवस्थामा चिसो पानी पिउने ?
पानी हाम्रो प्राण हो । पानी हाम्रो जीवनमा नभई नहुने तत्त्व हो । पानी बिना हामी हाम्रा जीवनको कल्पना समेत गर्न सक्दैनौ ।
तिर्खा लागेको बेलामा एक गिलास चिसो पानी पिउँदा पानीको महत्त्व थाहा हुन्छ । पानी हामी कि तताएर पिउने गर्दछौ कि त चिसै खाने गर्छौ ।
हामी आफ्नो इच्छा अनुरूप कहिले तातो त कहिले चिसो पानी पिइरहेका हुन्छौ । तर वास्तवमै हामीले कस्तो अवस्थामा चिसो पानी खाने र कस्तो बेला तातोपानी भन्ने कुराको हेक्का राखेका हुँदैनौ।
–तपाईँलाई रुघा लागेको छ भने यो बेला पनि मन तातो पानी नै खानुपर्छ । सामान्यतया पानी तातो नै पिउनु उपयुक्त हुन्छ । चिसो पानी पिउने अवस्थामा पनि उमालेर चिसो भएको पानी पिउनु पर्छ ।
–व्यायामको समयमा शरीरको तापक्रम उच्च बिन्दुमा पुग्छ । शरीरमा बगेको पसिनाले पनि शरीरलाई केही हदसम्म शीतलता प्रदान गर्छ । तर चिसो पानी पिउँदा शरीरको सम्पूर्ण तापक्रमलाई सामान्य बनाउँछ । यो अवस्थामा तातो भन्दा चिसो स्वास्थ्यका लागि हितकार हुन्छ।
–ज्वरो आउँदा चिसो पानी तपाईँको शरीरको तापक्रमलाई न्यून गर्ने एउटा उपाय हुन सक्छ । ज्वरो आउँदा शरीरको तापक्रम बढ्ने भएकोले हाइड्रेड रहन पनि पानी पिउनै पर्छ । धेरै तातो शरीरमा चिसो पानी पिउँदा केही हदसम्म राहत पनि मिल्छ ।
–चिसो पानीले मेटाबोलिजमलाई सशक्त बनाउने र हरेक दिन थप ७० क्यालोरी पगाल्न सहयोग पुग्छ । तसर्थ मोटा व्यक्तिले तातो भन्दा चिसो पानी पिउँदा शरीरको तौल घटाउन सहयोग मिल्छ ।
–बिहान उठेपछि प्रायले कफी, चिया तथा तातो पानी खान्छन्। बिहानै तातो पानी खाँदा पाचन प्रणालीलाई सहयोग मिल्छ ।
चिसो तरल पदार्थ र खानेकुरालाई तातो राप प्रदान गरी खानालाई पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्ने भएकोले चिसो भन्दा तातो पानी उपयुक्त हुन्छ । तसर्थ पाचन कमजोर भएकाहरूले कहिल्यै पनि चिसो पानी (खाना खाँदा) खानु हुँदैन।
–मदिरा, औषधी वा शरीरका अन्य विकार फाल्न पर्याप्त पानीको आवश्यक पर्छ । कोठाको तापक्रम (न्यानो) अनुसार मनतातो पानीमा कागतीको रस मिसाएर खाँदा शरीरका विकार जाने गर्छ ।
–शारीरिक पीडा जस्तै टाउको दुख्ने, वान्ता आउने समस्या छ भने चिसो भन्दा तातो पानी नै उपयुक्त हुन्छ । तातो पानीले शरीरका तन्तुहरूसम्म रगतको प्रवाहलाई प्रभावकारी ढङ्गले पुर्याउन तातो पानी खानु शरीरका लागि फाइदाजनक हुन्छ । महिनावारीको समयमा मांसपेशी र पेट दुख्ने समयमा तातो पानी एक प्रकारको औषधी नै हो ।
–कब्जियत हुँदा मन तातो पानी खाँदा शरीरको विकार फाल्न सहयोग मिल्छ । कब्जियतको मुख्य कारक डिहाइड्रेसन हो । तसर्थ यस्तो अवस्थामा पर्याप्त मात्रामा पानी लगायतका तरल पदार्थ पिउनु पर्छ ।
तातो पानीले रक्त प्रवाहलाई सशक्त बनाउँछ । चिसो भन्दा तातो पानीले आन्द्रालाई पनि सहज र शान्त बनाउँछ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

