विभिन्न स्थानमा करिब २७ किलो गाँजासहित ७ जना पक्राउ
जानकारी केन्द्र
२०८०, चैत्र, ४
काठमाडौं ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ सरस्वती चोकबाट अवैध लागूऔषध गाँजा २३ किलोसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा कैलास गाउँपालिका-१० नामटार घर भई हेटौंडा उपमहानगरपालिका-१९ बस्ने २५ वर्षीय मदन तामाङ र ३८ वर्षीया सर्मिला भोलन रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३-००३ प ७७७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ।
प्रहरीका अनुसार कास्की, पोखरा महानगरपालिका-१२ संगमटोल बस्ने २६ वर्षीय दिपेश नेपाली र स्याङजा घर भई पोखरा महानगरपालिका-९ नागढुङ्गा बस्ने २० वर्षीय सागर नेपालीलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले दिपेशको घरमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको बताइएको छ।
यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ बदेलपोखरीबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्रामसहित पाल्पा रिब्दिकोट गाउँपालिका-५ बस्ने मोहन रेग्मी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु।२ च ६१८४ नम्बरको पिकअप जिपलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी जिपमा सवार उनीहरूलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला
पृथ्वीमा ‘अमासिया’ नामक नयाँ महामहाद्वीपको जन्म हुदाँ प्रशान्त महासागर हराउने
नेपाल आइपुग्यो लिपमोटर बी०३एक्स, छिट्टै औपचारिक लन्च हुँदै
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ मा रु.४ अर्बभन्दा बढी खुद नाफा
३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशोर बने प्राध्यापक
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

