शाहाकारी खानाका फाइदाहरु
एजेन्सी । धेरैजसो मानिसहरु शाहाकारी खाना तौल घटाउनका लागि मात्रै उपयुक्त हो भन्ने सोच्छन् । तर शाहाकारी भोजनले स्वास्थ्यलाई विभिन्न तरिकाबाट फाइदा पुग्ने स्वास्थ्य विज्ञहरु बताउँछन् । यसले ब्लड सुगर कम गर्नुका साथै क्यान्सरबाट पनि बचाउँछ ।
पोषक तत्वले भरिपूर्ण : कयौँ अध्ययनमा शाहाकारी भोजनमा धेरै फाइबर र एन्टीअक्साइड हुने पुष्टि भइसकेको छ । यसमा पोटासियम, म्याग्नेसियम, फोलेट, आइरन र भिटामिन ए, सी र इ जस्ता अत्यावश्यक सबै पोषक तत्व पाइन्छ ।
बजन घटाउन सहयोग : आजकाल धेरैजसो मानिसहरू तौल कम गर्नका लागि शाहाकारी भोजन लिने गर्छन् । अध्ययनका अनुसार ननभेज खाने मानिसको तुलनामा भेज खानेको स्वास्थय राम्रो हुन्छ ।
ब्लड सुगर कम गर्छ : शाहाकारी हुनुको सबैभन्दा राम्रो फाइदा मधुमेहका बिरामीलाई हुन्छ । शाहाकारी खानाले केबल ब्लड सुगर मात्र कम गर्दैन किड्नीलाई पनि राम्रो गर्छ । कसैलाई यो रोग लागेको छैन भने पनि शाहाकारी भोजनले मधुमेहको सम्भावना कम हुन्छ । एक रिसर्चका अनुसार प्लान्ट प्रोटीनले किड्नीको बिमारी हुने खतरा पनि कम हुन्छ ।
क्यान्सरबाट बचाउँछ : शाहाकारी खानाले केही क्यान्सरबाट पनि बचाउँछ । नियमित फलफुल खानाले कोलोरेक्टल क्यान्सरको खतरा ९-१८ प्रतिशत कम हुन्छ । अनुसन्धान अनुसार हरेक दिन कम्तिमा ७ ताजा फल र सब्जी खानाले क्यान्सरबाट निधन हुने खतरा १५ प्रतिशत कम हुन्छ । शाहाकारी खानामा सोया प्रोडक्ट धेरै हुन्छ जसले ब्रेस्ट क्यान्सरबाट सुरक्षित राख्छ ।
मुटु रोगबाट बचाउँछ : ताजा फलफुल, सब्जी खानाले हृदयरोगको खतरा कम हुन्छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
