कपाललाई स्वस्थ र चम्किलो बनाउन के गर्ने ?
काठमाडौं । कपाललाई स्वस्थ एंव तन्दुरुस्त राख्नका लागि हामी यसको सरसफाईदेखि आवश्यक उपचारसम्ममा ध्यान दिन्छौं । कपाललाई स्वस्थ तथा तन्दुरुस्त राख्न कपालमा स्याम्पू तथा कन्डिसनर गर्ने विधी आम हो ।
स्वस्थ र चम्किलो कपालको लागि महँगो उत्पादन मात्र प्रयोग गर्नु आवश्यक छैन। यसको सट्टा, तपाईं घरमा प्राकृतिक उपचार प्रयोग गरेर बाक्लो लामो कपाल प्राप्त गर्न सक्नुहुन्छ। यसका लागि तपाईंले आफ्नो जीवनशैलीमा नीम, एलोभेरा, मेथी, अमला समावेश गर्न गर्नुपर्छ ।
लामो बाक्लो कपालको चाहना सबैलाई हुन्छ, आजकल केटाहरूले पनि आफ्नो कपालको हेरचाहमा विशेष ध्यान दिन थालेका छन् । यसका लागि उनीहरुले धेरै महँगो उत्पादनहरू पनि प्रयोग गर्छन्।
यस्ता उत्पादनहरू बनाउन धेरै हानिकारक रसायनहरू प्रयोग गरिन्छ। केमिकल स्याम्पु र तेल लामो समयसम्म प्रयोग गर्दा कपाल बिग्रन्छ। यसको सट्टा, यदि तपाई आफ्नो कपालको प्राकृतिक तरिकाले हेरचाह गर्न थाल्नुभएमा कपाल लामो समय सम्म चम्किलो रहन्छ।
कपाललाई स्वस्थ र चम्किलो बनाउनको लागि उचित हेरचाह गर्नुपर्छ । यसका साथै जीवनशैलीमा केही परिवर्तन गर्न पनि आवश्यक छ । प्राकृतिक उपचारले लामो बाक्लो कपाल पाउन सकिन्छ । केही प्राकृतिक जडीबुटीहरूले कपालको वृद्धि बढाउनुका साथै कपाललाई बलियो बनाउन सहयोग गर्छ ।
अमला
आयुर्वेदमा पनि अमलालाई कपालका लागि फाइदाजनक मानिन्छ । यसमा भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ । कपाललाई स्वस्थ राख्न अमला वा अमलाको जुसलाई आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ। यसका साथै कपालमा अमलाको पेस्ट पनि लगाउन सक्नुहुन्छ ।
मेथी
मेथीलाई प्रोटिन र निकोटिनिक एसिडको प्रचुर स्रोत मानिन्छ जुन कपालको विकासका लागि फाइदाजनक हुन्छ। आफ्नो आहारमा मेथी समावेश गरेर तपाईले आफ्नो कपाललाई क्षतिबाट जोगाउन सक्नुहुन्छ ।
यति मात्र होइन मेथीले तपाईको कपालको हराएको चमक फिर्ता ल्याउन सहयोग गर्छ । यसका लागि तपाईंले हप्तामा एक पटक मेथीको पेस्ट कपालमा लगाउनु पर्छ।
नीम
नीममा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ जसले टाउकोको छालालाई सुरक्षित गर्छ । यसका साथै नीमको प्रयोगले डन्डीफोरका कारण हुने चिलाउने समस्यालाई पनि कम गर्न सकिन्छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
