मस्तिष्कघात सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं ।
नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा उपेन्द्र देवकोटा फाउण्डेसनको आयोजनामा मस्तिष्कघात सम्बन्धी सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको बताइएको छ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले प्रहरी कर्मचारीहरूको स्वास्थ्य सेवाप्रति प्रहरी अस्पतालको दायित्व रहेको र प्रहरी कर्मचारीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रहरी अस्पतालले विभिन्न प्रहरी युनिटहरूमा स्वास्थ्य जाँच सम्बन्धी कार्यक्रम संचालन समेत गरेको उल्लेख गर्नुभएको थियो।
उपेन्द्र देवकोटा फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सोही फाउण्डेसनका डा. धनश्याम खेरल, डा. सुवास फुयाँल र डा. सुरज थुलुङले मस्तिष्कघात सम्बन्धी प्रस्तुतिकरण गर्नुका साथै उपस्थित प्रहरी अधिकृतहरूबाट उठेका जिज्ञासाहरूको निरूपण समेत गर्नुभएको जनाइएको छ ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको बताइएको छ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
