कस्तो रहला आजको मौसम ?
काठमाडौँ । कोशी, मधेस , बागमती र गण्डकी प्रदेशमा सामान्यत आज बदली हुने छ । पहाडी भू–भागमा पनि आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
बाँकी भेगको मौसम भने समान्यतः सफा रहने महाशाखाको अनुमान छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राती मुलुकभर आंशिक देखि साधारणतया बदली हुने महाशाखाको अनुमान छ ।
पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहारमा सिर्जित न्यून चापीय प्रणालीका कारण नेपालको मौसम प्रभावित भएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमल ३ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २१ दशमलव १ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।
गत २४ घण्टामा काठमाडौंमा १० दशमलव २ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै धनकुटामा ३२ दशमलव ३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
यस्तो छ आजको मौसम पुर्वानुमान
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
