कसरी भएको थियो गोत्रको सुरुवात ? थाहा नभए के गर्ने ?
काठमाडौं । सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र ‘त्र’ आशय हुन्छ ‘रक्षा गर्नु’ । अतः गोत्रको एक अर्थ ‘इन्द्रिय आघातबाट रक्षा गर्नु’ । जसको स्पष्ट संकेत ‘ऋषि’ को तर्फ पनि हुन्छ । सामान्यतया ‘गोत्र’ ऋषि परम्परासँग सम्बन्धित मानिन्छ ।
ब्राह्मणाका लागि ‘गोत्र’ विशेष रूपमा महत्वपूर्ण हुन्छ । किनकी ब्राह्मणहरु ऋषिका सन्तान मानिन्छन् । जसअनुसार प्रत्येक ब्राह्मणको सम्बन्ध ऋषिकूलसँग हुन्छ । प्राचीन कालमा चार जना ऋषिका नामबाट गोत्र पराम्परा सुरु । ति ऋषि हुन्, अंगिरा, कश्यप, वशिष्ठ र भगु । केही समय पछि जमदग्नि, अत्रि, विश्वामित्र तथा अगस्त्य पनि त्यसमा जोडिए । व्यावहारिक रूपमा ‘गोत्र’ को आशय पहिचानसँग जोडिएको हुन्छ । जो ब्राह्मणहरुका लागि उनीहरुको ऋषिकुलसँग सम्बन्धित हुन्छ ।
कालान्तरमा जब वर्ण व्यवस्थाले जाति–व्यवस्थाको रूप लियो त्यसपछि यो पहिचान स्थान तथा कर्मसँग पनि सम्बन्धित हुन पुग्यो । यही कारणको हो कि ब्राह्मणका अलावा अन्य जातिको गोत्र उनीहरुको उद्गम स्थान या कर्मक्षेत्रसँग सम्बन्धित हुन्छ । ‘गोत्र’ को पछाडिको मूख्य भाव भनेको एकत्रीकरण हो । यद्यपि वर्तमान समयमा आपसी प्रेम र सौहार्दताको कमीका कारण गोत्रको महत्व पनि विस्तारै कम हुँदै गएर केवल कर्मकाण्डी औपचारिकतामा सीमित हुन पुगेको छ ।
गोत्र थाहा नभए के गर्ने ?
ब्राह्मणमध्ये यदि कसैलाई आफ्नो ‘गोत्र’को ज्ञान हुँदैन भने कुनै धार्मिक कर्म गर्दा उनको गोत्र ‘कश्वप’ भनेर उच्चारण गरिन्छ । यस्तो यसकारण हुन्छ कि कश्यप ऋषिका एकभन्दा धेरै विवाह भएका थिए र उनको अनेक पुत्र थिए । त्यसैले यदि कुनै ब्राह्मणलाई आफ्नो गोत्रको ज्ञान हुँदैन भने उनलाई ‘कश्यप’ ऋषिकूलको मानिन्छ । त्यसैले उनको गोत्र कश्वप भनेर उच्चार गरिन्छ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

