पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब
काठमाडौं । पेरु सरकारले संसारकै सबैभन्दा वृद्ध व्यक्ति आफ्नो देशमा रहेको दाबी गरेको छ ।
यसै महिना इंग्ल्याण्डका एक १११ वर्षीय पुरुषलाई विश्वको सबैभन्दा वृद्ध पुरुष घोषित गरिएको थियो तर पेरुभियन सरकारले दावी गरेको छ कि उनको देशमा १२४ वर्ष उमेरको जीवित व्यक्ति छन, उनी पेरुको मात्रै होइन, सिंगो विश्वको सबैभन्दा वृद्ध मानिस हुन ।मार्सेलिनो अबाद टोलेन्टिनो उर्फ मासिको नामका व्यक्ति पेरुको हुआनुकोको पहाडी क्षेत्रमा बस्छन्। हालै मात्रै पेरुको सरकारले एक विज्ञप्ति जारी गर्दै मार्सेलिनो विश्वकै सबैभन्दा वृद्ध व्यक्ति भएको बताएको छ । ह्वानुको क्षेत्रको मौसम नै मार्चेलिनोको लामो आयुको रहस्य रहेको पनि बताइएको छ ।
सरकारले विश्वको सबैभन्दा जेठो व्यक्ति हुनुका साथै अहिलेसम्म सबैभन्दा लामो आयु बाँच्ने एक मात्र व्यक्ति भएको बताएको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । हुआनुकोको वनस्पति र जीवजन्तुको शान्तिको बीचमा मार्सेलिनोले स्वस्थ जीवनशैली र आन्तरिक शान्ति फेला पारेका छन । जुन उनीहरूको राम्रो स्वास्थ्य र व्यवहारमा झल्किन्छ। त्यसैले उनले आफ्नो जीवनको १२ दशक लचिलोपन र कौशलताका साथ बिताउन सफल भए ।
हिउँले ढाकिएका पहाडहरू, तातो उपत्यका र अमेजन जंगलहरूका साथै हुआनुको सहर पहाड र हरियो जंगलले घेरिएको छ। पेरुको यो सहरमा रहेका पुरातात्विक भग्नावशेष र मन्दिरहरू हेर्न टाढा टाढाबाट पर्यटक आउँछन्।
मार्सेलिनो के खान्छन त ?
मार्सेलिनोले अप्रिल ५ मा आफ्नो १२४ औं जन्मदिन मनाएका थिए । उनी पेशाले किसान भएको बताइएको छ । उनको जन्म सन् १९०० मा भएको दावी गरिएको छ । पेरुका अधिकारीहरूले मार्सेलिनोलाई गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सरकारले सहयोग गरिरहेको बताएका छन्। विज्ञहरूको टोलीले मार्सेलिनोको जन्मसँग सम्बन्धित कागजातहरू पनि जाँच गर्नेछ ताकि यो उपलब्धिलाई कुनै शंका नगरी प्रमाणित गर्न सकिन्छ।
न्यूयोर्क पोस्टमा प्रकाशित समाचार अनुसार सन् २०१९ मा छागला नामक सानो गाउँमा पहिलो पटक उनको परिचय खुलाइएको थियो । त्यसपछि सरकारले उनलाई परिचयपत्र र पेन्सन उपलब्ध गराएको थियो । मार्सेलिनोले आफ्नो आहारमा फलफूल र मासु समावेश गरेको बताइएको छ । उनी कोका पात चपाउन पनि मन पराउँछन्।
भर्खरै मात्रै इङ्गल्याण्डका जोन अल्फ्रेड टिनिसवुडलाई आधिकारिक रूपमा विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति घोषित गरिएको थियो। जोन १११ वर्षका छन्। योसँगै सबैभन्दा लामो समय बाँच्ने व्यक्तिको कीर्तिमान उनको नाममा गिनिज बुकमा दर्ता भएको छ । तर अब मार्सेलिनो उनलाई चुनौती दिन आउँदै छन्।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
