फिल्म होस्टेल- ३ को घोषणा
काठमाडौँ । सफल फिल्म होस्टेलको तेस्रो सिरिजको घोषणा गरिएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरिएको हो । यसलाई गायक समेत रहेका सशान कँडेलले निर्देशन गर्ने भएका छन् ।
‘होस्टेल’ श्रृंखलाका निर्माता सुनिल रावल तेस्रो श्रृंखलामा कलाकारको रुपमा मात्र रहने भएका छन् । उनले फिल्म निर्माणको अधिकार सम्मान इन्टरटेन्मेन्टलाई दिएका छन् । फिल्मको निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला तथा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह निर्मातामा छन् । फिल्मलाई यसै वर्ष छायांकन र रिलिजको तयारी गरिएको छ ।
होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरुको भविष्यका घटनामा आधारित भएर फिल्म बन्ने निर्देशक कँडेलले जानकारी गराएका छन् । माधव शर्माको पटकथा लेखन रहेको फिल्ममा निर्देशक कँडेल स्वयंको कथा छ । स्क्रिप्ट लेखनमा मात्र डेढ वर्ष लागेको माधवले बताएका छन् । यम प्रसाद ओलीको प्रोडक्सन डिजाइन रहने फिल्मका लागि कलाकारहरु भने निश्चित हुन बाँकी रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

