२८ कर्मचारी बर्खास्त गरेपछि गुगल प्रमुखको सन्देश- कार्यालयमा राजनीति नगर्नुस्
काठमाडौँ । टेक कम्पनी गुगलका सीईओ सुन्दर पिचाईले आफ्ना कर्मचारीहरूलाई राजनीतिलाई कार्यस्थलबाट टाढा राख्न आग्रह गरेका छन् । गुगलबाट २८ कर्मचारीलाई निकालेपछि कम्पनीका कर्मचारीका लागि लेखिएको ब्लग पोस्टमा सीईओले यस्तो बताएका हुन् ।
त्यसमा उनले कर्मचारीलाई कार्यालयमा आएर आफ्नो काम गर्न र राजनीतिमा नलाग्न निर्देशन दिएका छन् । ‘मिशन फर्स्ट’ शीर्षकको आफ्नो नोटमा पिचाईले भने- कम्पनीको नीति र अपेक्षाहरू स्पष्ट छन् । कार्यालयमा राजनीति गर्ने ठाउँ छैन ।
केही कर्मचारीहरूले गुगल र इजरायलबीच सम्झौता भएको १.२ बिलियन डलर बराबरको निम्बस परियोजनाको विरोध गरिरहेका थिए, जुन अमेजनसँगको संयुक्त परियोजना हो । यसमा इजरायली सरकार र सेनालाई क्लाउड सेवा उपलब्ध गराउने बताइएको छ ।
परियोजनाको विरोधमा गुगलको न्यूयोर्क, क्यालिफोर्निया र सन्नीभेल सहरमा एक घण्टा लामो धर्ना दिएपछि प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो । उनले आफूलाई परिसरबाट बाहिर निकालेर लाइभ स्ट्रिम गरेका थिए । यसपछि गुगलले २८ कर्मचारीलाई बर्खास्त गरेको थियो ।
पिचाईले कर्मचारीहरूलाई आफ्नो नोटमा भने, ‘गुगलको संस्कृति सधैं खुला संवादलाई बढावा दिने एक हो । यसले हामीलाई उत्कृष्ट उत्पादनहरू सिर्जना गर्न र राम्रो विचारहरूमा कार्य गर्न सक्षम बनाउँछ । दिमागमा राख्नु पर्ने एउटा कुरा के हो भने हामी कार्यालयमा काम गर्छौं र यहाँ केही नीति र अपेक्षाहरू स्पष्ट छन् ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


