पढेको सम्झिने १० सुत्र
पढेको सम्झिने १० सुत्रहरु यस्ता छन् :
१.अन्डरलाइन गरेर पढ्ने
कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्को पटक आफुलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो¥याउँदा सम्झन सजिलो हुन्छ ।
२. आफ्नो नोट आफैँ बनाउने
धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ । शिक्षकले भनेको केही प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधी सजिलो हो । आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न।
३. लेख्ने पूर्वाभ्यास
पढेर एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन । परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ चोटी अभ्यास गर्दा सजिलो हुन्छ । घरमा पहिले नै प्रश्न बनाएर खभ्यास गर्दा आत्मवल समेत बढ्छ ।
४. सर्टकट बनाएर पढ्ने
कतिपय फर्मुलाका बुँदा लामो र दिक्कलाग्दा हुन्छन् । सम्झन अप्ठ्यारो हुन्छ । इतिहास, विज्ञान, अर्थशास्त्र र गणितका सूत्र सम्झन सर्टकट बनाउँदा सजिलो हुन्छ । जस्तै गुड् म्यानेजरका क्वालिटी के हो भनेर अध्ययन गर्दा मानौँ ५ वटा पोइन्ट छ भने स्मार्ट भनेर पढ्ने जसको पूरा फुलफर्म एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल, आर भनेको रियलस्टिक, टि भनेको टाइम बाउन्डिङ हुन्छ । यसरी पढ्दा निकै सहज हुन्छ ।
५. प्रयोगात्मकमा ध्यान दिने
पढ्ने विषय पूरै थ्योरी छ भने त्यसलाई प्राक्टिकल बनाएर पढ्न सकिन्छ । मानौँ तपाईं नेपालीको विद्यार्थी हुनुहुन्छ भने कथा, कविता कसरी लेख्ने अभ्यास गर्न घोकेर भन्दा अरुले लेखेका कथा कविताको किताब पढ्दा उपयोगी हुन्छ । हरेक कुरा घोक्नुभन्दा प्रयोगात्मक के गर्न सकिन्छ भनेर ध्यान दिने हो भने पढेको कुरा बिर्सिइन्न ।
६. प्रश्नोत्तर गर्ने
साथीहरुबीच प्रश्नोत्तर गरेर पढ्दा जति फाइदा अरुमा हुन्न ।सानो टिम बनाउनुस्, फर्मुला, पोइन्ट, परिभाषा आदिबारे एकअर्कासँग सोध्नुस्, त्यसो गर्दा आफूलाई के आउँछ, आउँदैन भन्नेबारे जानकार भइन्छ । आफ्नो कमी कमजोरी भएको विषयमा थप मिहिनेत गर्न सहज हुन्छ ।
७. साथीहरुसँग पर्याप्त छलफल गर्ने
पढ्दापढ्दै कुनै टपिक्स बुझिदै बुझिएन भने त्यस्तो अवस्थामा साथीसँग सल्लाह गर्नु उत्तम हो । समूह बनाएर आ–आफूले रुचीको विषयमा छलफलगर्दा सजिलो हुन्छ । दिनैपिच्छे फरक–फरक विषयमा छलफल गर्दा अप्ठ्राया विषय समेत सहज बन्छन् ।
८. सिम्बोल दिने
पढेका कुरालाई याद गर्नलाई संकेत पनि दिन सकिन्छ । जस्तो विभिन्न फर्मुलालाई विभिन्न कलरको नामाकरण पनि गर्न सकिन्छ ।
९. टाइमटेबल बनाउने
बोझ लिएर पढ्दा जति पढे पनि याद हुँदैन । कतिपयले पढ्न नभ्याएको पनि बताउँछन् । पढ्न समय व्यवस्थापन गर्नैपर्छ । पढ्ने समयलाई निश्चत समय छुट्याउनुपर्छ । कुन विषय कुन बेला पढ्ने समय छुट्याएर पढ्ने गर्नुपर्छ ।
१०.चार्ट बनाएर पढ्ने
धेरैजसो पढाइमा टप गरेका ब्यक्तिको पढाई शैली हेर्दा उनीहरुले चार्ट बनाएर पढ्ने गरेको देखिन्छ । जस्तै करबारे पढ्दै हुनुहुन्छ भने करको परिभाषाका प्रकारलाई चार्ट बनाएर पढ्दा सहजै सम्झन सकिन्छ ।
स्रोत : Mgoconqr
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
