काठमाडौँमा फेरी बढ्यो वायु प्रदूषण
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ ।
एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । शुक्रबार १९४ एक्यूआइसहित काठमाडौँ शिर्ष स्थानमा रहेको छ । यो स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।
त्यस्तै दोस्रो स्थानमा पाकिस्तानको लाहोर शहर रहेको छ । लाहोर १८६ एक्यूआईसहित दोस्रो स्थानमा छ भने भारतको दिल्ली १७३ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ ।
प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।
२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ । काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।

सम्बन्धित समाचार
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
यस्तो छ आजको मौसम पुर्वानुमान
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
