• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १० घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • ११ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • ११ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • १२ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • १५ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १९ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १९ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • २० घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • २. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ४. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ५. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ७. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ९. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • १०. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

पनिरका विभिन्न फाइदा

admin २०८१, बैशाख, २०

पनिर एउटा यस्तो स्वादिष्ट पौष्टिक पदार्थ हो, जसले गर्दा हाम्रो भोजमा यसको महत्वपूर्ण स्थान रहेको छ । पार्टी सानो होस् वा ठूलो पनिरको हरेक पार्टीको शोभा बढाइदिन्छ । दूधबाट बन्ने भएकाले पनिरमा भिटामिन, क्याल्सियम, फस्फोरस, प्रोटिन, जिंकजस्ता पौष्टिक पदार्थ पाइन्छ।

यदि पनिर क्रिमयुक्त दूधबाट बनेको छ भने यसमा चिल्लोको मात्रा धेरै हुन्छ तर यदि स्किम्ड दुधबाट बनेको पनिरमा चिल्लोको मात्रा अत्यन्त कम हुन्छ । चिल्लोको मात्रा कम भएको पनिरमा ३० ग्राम प्रोटिन, ८ ग्राम कार्बोहाइड्रेट र चिल्लो केवल १ ग्राम मात्र हुन्छ । यही कारणले गर्दा रोगी व्यक्तिले पनि स्किम्ड मिल्क बनेको पनिर सेवन गर्न सक्छन् ।

पनिर कसरी बनाउने ? 
त्यसो त पसलहरूमा तयारी पनिर पाइन्छ तर चाहेको खण्डमा घरमै आफैले पनि ताजा पनिर बनाउन सकिन्छ । राम्रो र नमर पनिर दूध फटाउने तरिकामा निर्भर गर्छ । राम्रो पनिर बनाउन सधै ताजा दूध प्रयोग गर्नुपर्छ । एक लिटर ताजा दूध उमाल्ने जब दूध उम्लन्छ आगोको आँच कम गर्नुपर्छ र दूधमा एउटा कागतीको रस निचोरिदिने र दूधलाई बिस्तारै–बिस्तारै चलाउने ।

जब दूध पूर्णरूपले फाट्छ, त्यसमाथि आगोबाट दूधलाई हटाउने र एउटा सफा मलमलको कपडामा छान्ने । फाटेको दूधबाट निस्किएको पानी कुनै भाँडोमा जम्मा हुन्छ र कपडामा बाँकी भएको ठोस पदार्थ रहन्छ । त्यस्सलाई छेना भनिन्छ । यो छेनामा एक गिलास चिसो पानी हाल्ने यसो गर्दा पनिर धेरै मुलायम हुन्छ । छेना राखेको कपडाबाट पानी तहकिएपछि यसलाई कुनै भारी वस्तुले चिथिदिने । १०–१५ मिनेटपछि तयार पनिरलाई सुविधानुसार टुक्रा पार्ने र प्रयोगमा ल्याउने ।

दूध फटाउन कागतीबाहेक अमिलो हदी, साइट्रिक एसिड, सिरका र पनिरको पानी पनि प्रयोग गर्न सकिन्छ । एक लिटर दूधका लागि १ ठूलो चम्चा सिरकालाई डेढ कप पानीमा मिसाएर प्रयोग गर्ने । यदि अमिलो दूधले दूध फटाउँदै हुनुहुन्छ भने १/२ कप अमिलो दही प्रयोग गर्न सकिन्छ । यदि साइट्रिक एसिडले दूध फटाउनुपरेमा सानो चम्चा १ लिटर दूधका लागि पर्याप्त हुन्छ । साइट्रिक एसिडलाई पनि १–२ कप पानीमा घोलेर दूधमा मिसाउनुपर्छ ।

यस्तो नगर्नुहोस् 
–उम्लिरहेको दूधमा कागतीको रसस हाल्नाले पनिर कडा हुन्छ ।
फ्रिजमा राखेको दूधलाई फ्रिजबाट निकाल्नासाथ आँचमा राखेर फटाउनाले पनि पनिर राम्रो हुँदैन ।

यसो गर्नुहोस् 
–पनिर मुलायम होस् भन्नका लागि सधै ताजा दूध प्रयोग गर्नुपर्छ ।
–पनिरलाई धेरै क्रिमी बनाउन चाहनुहुन्छ भने पनिरमा एक कप दही मिसाइदिनुपर्छ ।
–दूध मनतानो भएपछि मात्र दूध फटाउनुपर्छ र पनिर राम्रो बन्छ ।
–पनिरबाट निस्केको पानील दूध फटाउँदा पनि पनिर राम्रो हुन्छ ।
उपयोगी पनिरको पानीले दूध फटाउँदा पनि पनिर राम्रो हुन्छ ।

उपयोगी पनिरको पानी 
–पनिरको पानीको प्रयोग पिठो मुस्न प्रयोग गर्दा रोटी, परौंठा नरम हुन्छन् ।
–कुनै पनि सुप बनाउँदा त्यसमा पनिरको पानी प्रयोग गर्नुहोस् ।
–दाल तथा तरकारी पकाउँदा पनि पनिरको पानीको प्रयोग गर्न सकिन्छ जसले दाल र तरकारीलाई सोचेभन्दा बढी स्वादिष्ट बनाउँछ ।
–पनिरको पानीमा २ चम्चा अमिलो दही मिसाएर राख्ने र भोलिपल्ट यसको प्रयोग कढी बनाउनका लागि गर्नुहोस् ।
–पनिरको पानीमा एक चिम्टी चिनी र पिसेको अलैंची मिसाउनाले पौष्टिक पेय बन्छ ।
–पनिरको पानीमा टुक्रा पारेर काटेको भेंडेखुर्सानी, गाजर र काउली बफाएर निकाल्ने, हिङ र जिराले झान्ने र कागती निचोरिदिने । पौष्टिक सुप तयार हुन्छ ।
–पनिरको पानीमा बेसन घोलेर पकौडा बनाउनाले पकौडा स्वादिष्ट हुन्छ ।
–पनिरको पानीलाई फ्रिजमा राख्ने, दूध फटाउनुपरेमा यो पानी प्रयोगमा आउँछ ।
–पनिरको पानीले फटाएको दूधको रसबरी पनि धेरै स्वादिलो र राम्रो हुन्छ ।
–पनिरको पानी प्रोटिन र क्याल्सियमले पूर्ण छ । त्यसैले यसलाई खेर फाल्नु हुँदैन ।

ताजा पनिर 
पनिरको प्रयोग हरेक मौसममा गर्न सकिन्छ । पनिर धेरै समयसम्म ताजा राख्नका लागि निम्न कुराहरूमा ध्यान दिनुपर्छ ।
–पनिरलाई एउटा भाँडोमा राख्नुहोस् । पनिर डुब्ने गरी पानी भर्नुहोस् । यदि पनिरलाई लामो समयसम्म ताजा राख्नु छ भने भाँडोको पानी सधै फेर्नुपर्छ ।
–पनिरलाई आफूले चाहेअनुसार टुक्रा पारेर एक मिनेट कडा आँचमा सकेर चिसो बनाएर फ्रिजमा राख्ने । यसो गर्दा पनिर बिग्रदैन ।

सावधानी 
–पनिरलाई प्रयोग गर्नुअघि मनतातो पानीमा नुन, बेसार हालेर ५–१० मिनेट राख्ने । यसो गर्दा पनिर तरकारीमा मिसिँदैन ।
–पनिरको तरकारी बनाउँदा अरु तरकारी लेदो बनाइसकेपछि केवल १–२ मिनेट मात्र पनिर यसमा मिसाएर पकाउनुपर्छ । यसो गर्दा पनिरको स्वाद यथावत् रहन्छ ।

पनिरबाट बनेका परिकार 
पनिर सेडविच २ सय ५० ग्राम फाटेको दूधको छोक्रालाई हातले दलेर मसिनो पार्ने । यसमा दुई ठूलो चम्चा पिसेको चिनी मिसाउने । एउटा भाँडोमा १–२ इन्च मोटो तह पारेर राख्ने । यसमा काटेको तरकारी छर्कने त्यसमाथि एक तह मोटो पनिर लगाउने यसरी सबै चीज हालेपछि त्यो भाडोको बिर्को लगाइदिने । यो भाडोलाई प्रेसर कुुकरमा सिटी नलाई १०/१५ मिनेटसम्म स्टिम गर्ने । चिसो भएपछि काटेर सेन्डविचको आकार दिने ।

पनिर रोल 
२ सय ग्राम पनिर, १ सय ग्राम मावा, १ सय ग्राम नरिवल कोरेको ३ ठूलो चम्चा पिसेको चिनी, २ सानो चम्चा कोको पाउडर र २ ठूलो चम्चा वटर, १ ठूलो चम्चा पिसेको चिनी ।
बटर, चिनी र कोको पाउडर मिसाएर फिट्ने । पनिर मावालाई कोरेर नरिवल र चिनीसँग मिसाउने, पनिर मिश्रणलाई रोल बनाएर वटर, कोको मिश्रणले वभर गर्ने । बटरमा फ्रिजमा १५ मिनेटसम्म राख्ने । बटर जमेपछि बीचबाट काट्ने । पेपर कपमा सजाएर सर्भ गर्ने  ।

पनिर स्ट्रा
पनिरलाई हत्केलाले माडेर मसिनो गर्ने ।यसमा अलिकति टुक्रा पारेर काटेको सिमलामिर्च मिसाउने । एक चिम्टी पिनेको मरिच र नुन मिसाउने । ब्रेडस्लाइसको किनारा काटेर त्यसलाई बेल्नाले बेरेर पातलो बनाउने पनिरको मसला ब्रेडस्लाइसमा लगाएर रोल गर्ने । कुनै सफा धागोमा बाधेर २–३ मिनेटका लागि ओभनमा सेक्ने । कुरकुने पनिर स्ट्रालाइृ चियाको साथमा सर्व गर्न सकिन्छ ।

टेस्टी पनिर टिक्का 
२ सय ५० ग्राम पनिरलाई चारपाटे टुक्रामा काटेर २ ठूलो चम्चा भुटेको बेसन, १ सानो चम्चा धुलो खुर्सानी, १ सानो चम्चा अदुवा लसुनको लेदा, २ ठूलो चम्चा दहीलाई मिसाएर फिटने र यो मिश्रणलाई पनिरको टुक्रामा लटपटाउने र सुइरोमा सिउरेर कडा हुने समय सम्म ओभनमा सेक्ने ।

पनिर स्वीट स्क्वायर 
२ सय ग्राम पनिरलाई चारपाटे टुक्रामा काट्ने । ननस्टिक प्यानमा १ सानो चम्चा तेल अथवा घिउ लगाएर पनिरको टुक्रालाई कडा आँचमा १ मिनेट चलाउने जसले पनिरलाई कपडा बनाओस् तर पनिरको रंग परिवर्तन हुने गरी प्यानमा पकाइरहनु हुन्न । १ सय ५० ग्राम चिनीमा १–२ कप पानी हालेर गाढा चास्नी बनाउने । यसमा एक चिम्टी अलैंचीको धूलो मिसाउने । पनिरको टुक्रालाई चास्नीमा हालिदिने र छानिने छान्ने यसो गर्दा धेरै भएको चास्नी छानिन्छ । पनिरमा गुलाबजल हालेर सर्भ गर्न सकिन्छ ।
तपाई आफूले पनि पनिरका विभिन्न परिकार तयार पार्न सक्नुहुन्छ । कुनै न कुनै प्रकारले आफ्नो दैनिक भोजनमा पनिरको सेवन गर्नुहोस् । किनभने पनिरमा पौष्टिक तत्वहरू पर्याप्त मात्रामा पाइन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

ताजा

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.