तपाई कसरी हाँस्नु हुन्छ ? हँसाईबाट थाहा पाउनु होस् व्यक्तिको स्वभाव
एजेन्सी । ‘जुन काम ठूला ठूला लडाइँले गर्न सक्दैन, त्यो काम तपाईको एक मुस्कानले गर्न सक्छ’ यो भनाइ निकै लोकप्रिय छ । यो मुस्कान हाँसामा बद्लियो भने त कुरा नै अर्कै हुन्छ ।
हाँसो एक औषधि हो, जसका धेरै फाइदा छन् । तन मनलाई निखार्नका लागि हाँसो सबैभन्दा उत्तम थेरापी हो । तपाईंले आफ्नो वरपर देख्नुभएकै होला केहि व्यक्ति यस्ता हुन्छन् जो हरेक कुरामा हाँस्छन् । कोही यस्ता पनि हुन्छन् जो हाँसो लाग्ने कुरामा पनि मात्र मुस्कुराउँछन् । समुद्रशास्त्रमा व्यक्तिको हाँस्ने तरिकाको आधारमा उसको स्वभाव बारे उल्लेख गरिएको छ ।
खित्का छाडेर हाँस्ने व्यक्ति
जो व्यक्ति दिल खोलेर अर्थात खित्का छाडेर हाँस्छन्, त्यस्ता व्यक्ति निकै उत्साही प्रवृत्तिका हुन्छन् । त्यस्ता व्यक्तिको बौद्धिक क्षमता पनि सामान्यभन्दा बढी हुन्छ ।
यस्ता व्यक्ति निकै सहनशील पनि हुन्छन् । उनिहरुको मनमा कुनै पनि प्रकारको छल कपट हुँदैन । यतिमात्र होईन यस्ता व्यक्ति परेको बेला जे पनि सहयोग गर्न तयार हुन्छन् ।
जोड जोडले आवाज निकालेर हाँस्ने व्यक्ति
कोही व्यक्ति हाँस्दा जोडसँग आवाज निकाल्छन् । जो त्यसरी हाँस्छ त्यस्ता व्यक्ति निकै स्वाभिमानी तथा मेहनती हुन्छन् । प्राय यस्ता व्यक्ति जीवनमा सफल पनि हुन्छन् ।
मन्द मुस्कानसहित हाँस्ने व्यक्ति
जुन व्यक्ति मुसुक्क मुस्कुराएर हाँस्छन् उनीहरु निकै बुद्धिमानी र गम्भीर प्रवृत्तिका हुन्छन् । यस्ता व्यक्ति चाँडो रिसाउँदैनन् । यीनिहरु कठिन समयमा धैर्यताका साथ आफ्नो काम सफल गर्छन् ।
रोकिएर हाँस्ने व्यक्ति
केही व्यक्तिको बानी रोकिने र हाँस्ने हुन्छ । समुन्द्रशास्त्र अनुसार, यस्ता व्यक्तिको बौद्धिक क्षमता सामान्य हुन्छ । यस्ता व्यक्ति विवेकको सट्टा भावनाले निर्णय लिन्छन् । तर, यसरी हाँस्ने व्यक्तिको बचत गर्ने बानी भने विशेष प्रकारको हुन्छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण

