• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
आइतबार, माघ २६, २०८२
आइतबार, माघ २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

  • ९. २०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

वर्षायाममा सागपात खाँदा अपनाउनुहोस् यस्तो सावधानी

स्वास्थ्यका लागि खानपानको मुख्य भूमिका हुन्छ । शरीरलाई आवश्यक पौष्टिक तत्त्व विभिन्न खानेकुराबाट प्राप्त हुन्छ । स्वस्थ रहन हरियो सागसब्जीको भूमिका महत्त्वपूर्ण हुन्छ ।

हरियो सागपातमा भिटामिन, खनिज पदार्थ जस्ता पोषक तत्त्व पाइन्छ । तर वर्षायाममा हरियो सागपात कम खानु भनिन्छ । यसो भन्नुको पछाडि विभिन्न कारण हुन्छन् । वर्षायाममा पानी तथा खानेकुराहरू फोहोर हुने र हावामा ओस बढ्ने गर्छ । यस मौसममा कीटाणु र ब्याक्टेरिया शरीरमा प्रवेश गरी बिरामी बनाउने सम्भावना पनि धेरै हुन्छ ।

हरियो सागपात प्रायः पानी जमेको ठाउँ वरपर फल्छन् । यसकारण यस्ता ठाउँमा धेरै प्रकारका ब्याक्टेरिया, भाइरस, फङ्गस, कीरा र अन्य जीवको वृद्धिका लागि उपयुक्त हुन्छन् । वर्षातमा सूर्यको किरण नहुँदा उनीहरू बढी सक्रिय रहन्छन् ।

यो मौसममा हरियो सागपात वर्षाको पानीको सम्पर्कमा आएका कारण विभिन्न कीटाणुको सम्पर्कमा आएर चाँडै बिग्रिन पनि थाल्छ । यी सूक्ष्म जीवहरू नाङ्गो आँखाले देख्न सकिँदैन ।

साथै वर्षातको मौसममा सागपातमा आँखाले देख्न नसकिने जुकाको अण्डा पनि विकास हुन्छ । सागपात माटोको सतहमा हुने भएकोले माटोमा हुने विभिन्न कीटाणु तथा अन्य जनावरको सम्पर्कबाट आउने कीटाणु हुने सम्भावना पनि हुन्छ । यस्तो अवस्थामा त्यस्ता सागपातलाई राम्ररी सफा नगरी, काँचै खाँदा शरीरमा प्रवेश गर्छन् ।

हामीले खाएको खानामा यदि जुकाको अण्डा रहेछ भने पेटमा पुगेर वयस्क जुकाको रूपमा परिवर्तन हुन्छन् । तिनीहरूले बाँच्न आन्द्रामा टाँसिएर रगत चुस्दा शरीरमा रगतको कमी हुनसक्छ । त्यसले गर्दा कालान्तरमा रक्त अल्पता हुनसक्छ ।

साथै वर्षायाममा यी दूषित सागपात खाँदा पेटसम्बन्धी रोग पनि लाग्न सक्छ । खानाको माध्यमबाट शरीरमा पुग्ने कीटाणुहरू खाने नली पेट रगत हुँदै दिमागसम्म पनि पुगेर विभिन्न स्वास्थ्य समस्या निम्ताउन सक्छ । वर्षातको मौसममा सागपात खाँदा स्वास्थ्यमा असर गर्छ कि गर्दैन भन्ने कुरा व्यक्तिको अवस्थामा भर पर्छ ।

यदि व्यक्ति वयस्क र स्वास्थ्य छन् भने उनीहरूको रोगप्रतिरोधात्मक क्षमता राम्रो छ भने उनीहरूमा समस्या नहुन सक्छ । तर मधुमेह, मिर्गौलाको समस्या, क्यान्सर लगायत दीर्घ स्वास्थ्य समस्या भएका व्यक्तिहरूको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, जसले गर्दा उनीहरूले यस्ता सागपात खाँदा सङ्क्रमणको जोखिम बढी हुने भयो ।

ध्यान दिनुपर्ने कुरा

–वर्षायाममा सागपात खाँदै नखाने भन्ने होइन । वर्षातको मौसममा हरियो सागसब्जी पकाउँदा र खाँदा केही कुरामा विशेष ध्यान दिनुपर्छ ।

–कुनै पनि खानेकुरा कति समय पकाउने वा कसरी पकाउने भन्ने कुराले पनि स्वास्थ्यमा प्रभाव पार्छ । हरेक खानेकुरा पकाउने खास विधि र तौरतरिका हुन्छन् । उचित ढङ्गले निश्चित समयसम्म पकाएको खानेकुरामा भएको कीटाणुहरू मर्छ ।

–कीटाणुलाई मार्न हामीले सागपातलाई लामो समयसम्म पकाउने हो भने त्यसमा रहेका पोषक तत्त्व नष्ट हुन्छ यो कुरामा पनि ध्यान दिनुपर्छ । यस्ता खानेकुराले पेट त भरिन्छ तर शरीरलाई फाइदा पुग्दैन । त्यसैले हरिया सागसब्जी पकाउने सबैभन्दा राम्रो उपाय भनेको उसिन्नु हो । सागसब्जीलाई उसिनेर पकाउँदा यस्ता खानेकुरा छिटो पाक्नुका साथै यसमा भएका पोषक तत्त्व समेत नष्ट हुन पाउँदैन ।

–आफ्नै बारीमा तथा करेसा बारीमा सागपात फलाउने हो भने रासायनिक मलको प्रयोग कम गर्नुपर्छ । यसो गरियो भने रसायनको कारण स्वास्थ्यमा पर्ने असर पनि कम हुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता
एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?
देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • नेप्सेमा १०.२५ अंकको गिरावट
  • नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार
  • वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा
  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.