नेपालमा याडिया जी सिक्स विद्युतीय स्कुटर,यस्ता छन् फिचर
काठमान्डौं
पबित्रा उप्रेती / जानकारी केन्द्र
याडिया इलेक्ट्रिक स्कुटर नेपालका लागि आधिकारीक बिक्रेता कुजु नेपाल प्रा लि ले नेपालमा भित्राएको छ । नेपालमा इन्धनको मूल्यमा उतार चढाव आए सँगै विद्युतीय स्कुटरको बजारमा पनि दिनप्रतिदिन वृदि भइरहेको छ । यसै सन्दर्भमा नेपालमा उपलब्ध याडिया जी ६ को बारेमा कुरा गर्नु पर्दा २ लाख ६० हजार रुपैया मुल्य तोकिएको जी सिक्स विद्युतीय स्कुटर लाइ फुल र्चाज गर्न ६ देखि ७ घण्टा लाग्छ भने यस याडिया जी सिक्स बिधुतीय स्कुटरमा १ सय ७० एम एम ग्राउन्ड क्लियरेन्सका साथै १ सय ५० कि मी रेञ्ज रहेको छ ।
उक्त स्कुटरको लम्बाई १ हजार ७ सय ९० एम एम, त्यस्तै चौडाई ७ सय ३५ एम एम का साथै उचाई १ हजार २ सय २० एम एम रहेको छ । याडिया जी सिक्स विद्युतीय स्कुटरमा बुट स्पेस ३० लिटर रहेको छ भने यस स्कुटरमा व्हीलबेस १ हजार २ सय ७० एम एम पाउनुका साथै मोटरको कुरा गर्नु पर्दा टीटीफर मोटर रहेको बताइएको छ ।
यस स्कुटरमा २ हजार वाट रेटेड पावर रहेको छ भने ३ हजार वाटको पीक पावर पाउन सकिने जनाइएको छ । उक्त जी सिक्स विद्युतीय स्कुटरमा पीक टर्क १ सय ४९ एन एम रहेको छ । ब्याट्री क्यापसिटी ३८ एम्पियर , ७२ भोल्ट रहनुका साथै ग्राफिन ब्याट्री रहेको बताइएको छ । याडिया जी ६मा टप स्पीड ६० कि मी /प्रति घण्टा रहेको छ भने अगाडिको टायर ९०/९०–१२ रहको छ यस्तै गरेर पछाडिको टायर १००/८०–१२ रहेको छ । उक्त स्कुटरको तौल १२० केजी रहेको कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

